सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

यी हुन् संसारका १० सर्वाधिक महँगा जुत्ता, मूल्य थाहा पाउँदा आत्तिनुहोला

मङ्गलबार, १५ चैत २०७३, १४ : २४
मङ्गलबार, १५ चैत २०७३

एजेन्सी

चैत १५ – भनिन्छ, मानिसको व्यक्तित्व थाहा पाउन उसको जुत्ता हेर्नुहोस् । जसका कारण धेरै मानिसहरुले पैसामा मोटो रकम खर्च गर्ने गर्दछन् । आज हामी तपाईंलाई संसारका यस्तो जुत्ता बारे जानकारी दिँदै छौं जुन अहिलेसम्मकै महँगो साबित भए ।

ब्रोन्ज एयर जोर्डन्स

यो जुत्ता वास्तवमा एक मूर्ती हो जसलाई अमेरिकाका मूर्तीकार म्याथ्यू सेन्नाले बनाएका थिए । शुद्ध तामाको प्रयोग गरेर यस्ता जुत्ता तीनवटा मात्र बनाइएका थिए । हरेकको मूल्य २.२ लाख रुपैयाँ राखिएको थियो ।

गोल्ड नाइक डङ्क्सः

यो जुत्ता पहिले त्यति महँगो थिएन तर केनेथ कोर्टनी नामकी एक कलाकारले यसलाई सुनमा डुबाइन् त्यसपछि यो यति धैरै महँगो भयो । अब यो जुत्तामा सुनको एक पत्र लागेको छ । यसको मूल्य ५ हजार ४ सय ५ डलर तोकिएको छ ।

एयर जोर्डन ११ ब्ल्याकआउटः

सन् २०१२ मा सार्वजनिक भएको यो जुत्ताको मूल्य ११ हजार अमेरिकी डलर (११ लाख ४५ हजार रुपैयाँ ) तोकिएको थियो । यो आफ्नो समयको सबैभन्दा महँगो जुत्ता थियो ।

एयर जोर्डन १०ः

क्यानडाका गायक ड्रेकलाई एयर जोर्डन १० र एयर जोर्डन १२ सँग सम्बन्ध स्थापित गरेकोमा उपहारको रुपमा यो जुत्ता प्रदान गरिएको थियो । यसलाई ड्रेकले स्टेडियममा बसेका एक अपरिचितलाई उपहार दिए । पछि उनले उक्त जुत्तालाई २० लाख रुपैयाँमा बेचेका थिए । योभन्दा पहिले यो जुत्ता त्यति महँगो थिएन ।

एयर जोर्डन टु १९८६ ओजीः

२० वर्ष पहिले बनेको यो जुत्तामा इटालियन छालाको प्रयोग गरिएको थियो र भित्रका सामान निकै सस्तो र टिकाउ हालिएका थिए । त्यो जमानामा यो जुत्ता सस्तो थियो तर आज ती जुत्ताको मूल्य ३२ लाख रुपैयाँ पर्छ ।

नाइक एयर म्याक्सः

यो जुत्ता तपाईंले हलिउड फिल्म Back to the Future: Part II मा पक्कै पनि देख्नुभएको होला । नाइकले १५ सयवटा जुत्ता बनाएको यो र जुत्ताको बिक्रिबाट आएको रकम च्यारिटीमा दिइएको थियो । यो जुत्ताको सोलमा बत्ती राखिएको छ र एक ३ हजार घण्टासम्म चार्ज हुने रिचार्जएबल ब्याट्रि राखिएको छ । यसको मूल्य ३८ लाख रुपैयाँभन्दा बढि पर्छ ।

नाइक डाइमन्ड एयरफोर्स वान सोकारः

बिग बोइ नामका गायकले आफ्नो लागि यो जुत्ता बनाएका थिए । यो जुत्ता यसकारण महँगो छ किनभने यसको लोगोलाई ११ कयारेटको हिराले कोरिएको छ । यसको मूल्य ५२ लाख रुपैयाँ तोकिएको छ ।

एयर जोर्डन १२ः

क्यानाडेली गायक ड्रेकले एयर जोर्डन १० स्टेडियममा बसेकालाई उपहार दिएजस्तै यो जुत्ता पनि स्टेडियममै बसेकी एक महिलालाई उपहारस्वरुप दिइएको थियो । उनले पनि यो जुत्ता अनलाइनमा बिक्रि गरिन् । तर यसपटक यो जुत्ता पाँच गुणा महँगो अर्थात् १ करोड ४ लाखमा बिक्रि भयो ।

माइकल जोर्डन– एयर जोर्डन १२ः

कालो र रातो मिश्रणको यो जुत्ता अमेरिकी बास्केटबल स्टार माइकल जोर्डनले सन् १९९७ मा अन्तिम खेलको क्रममा लगाएका थिए । यो खेल यसकारण विशेष थियो किनभने जोर्डनलाई फ्लू भएपछि उनले आफ्नो टिमका लागि ३८ पोइन्ट्स लिएर टिमलाई जिताएका थिए । यो खेलपछि यो जुत्ता लिलामीमा राखिएको थियो जुन १ करोड ८० लाखमा बिक्रि भएको थियो ।

नाइक एयर यजी टु रेड अक्टोबरः

अमेरिकी गायक कान्ये वेस्टले नाइकसँग मिलेर यो जुत्ताको डिजाइन गरेका थिए । अनलाईन लिलामीको क्रममा यो जुत्ता १ अर्ब ७७ करोडमा बिक्रि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप