सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन सन्तानकी आमाले बेडरुममा खिचिन् यस्तो सेल्फी, जागिरै चट्

बिहीबार, १७ चैत २०७३, १२ : ३१
बिहीबार, १७ चैत २०७३

एजेन्सी

चैत १७ – अमेरिकामा बस्ने एक महिला शिक्षिकाले इन्टरनेटमा आफ्नो सेल्फी पोष्ट गर्दा जागिर गुमाउनु परेको छ । वास्तवमा ३० वर्षीया लिडा फग्र्यूसनले केहि समय अघि आफ्नो बेडरुममा सेल्फी खिचेर त्यसलाई आफ्नो सोसल मिडियामा पोष्ट गरिन् जसका कारण स्कूल म्यानेजमेन्टले उनलाई निलम्बन गरेको छ ।

लिडा तीन बच्चाकी आमा हुन् र ओउसालेल स्कूलमा लामो समयदेखि बच्चालाई पढाइरहेकी छिन् । उनले फेसबुकमा राखेको फोटो उनका सिनियर स्टाफलाई मन परेन र अत्यधिक उत्तेजक भएको भन्दै लिडालाई विद्यालय प्रशासनले निलम्बन गरेको छ । यद्यपी, लिडाले फोटोमा यस्तो कुनै खराबी नभएको भनी खण्डन गरेकी छिन् ।

बचाउमा उत्रिए विद्यार्थीः

लिडालाई स्कूलबाट निलम्बन गरेपछि उक्त विद्यालयका छात्र उनको बचाउमा उत्रिए । छात्रले उनको समर्थनमा 'Get Miss Ferguson Back' नामको एक याचिका पनि लञ्च गरेको छ । उनी निकै बुद्धिमान शिक्षिका भएकाले उनलाई तुरुन्त फिर्ता बोलाउनुपर्ने विद्यार्थीले माग गरेका छन् । एक विद्यार्थीले शिक्षिकालाई निलम्बन नै गर्नुपर्ने उक्त फोटोमा केही पनि नभएकोले उनलाई छिट्टै बोलाउनुपर्ने माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप