सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

स्कूले छात्राको बलात्कारः न्यायाधिसले आरोपीलाई सफाइ दिँदै भने, ‘उनी त्यतिबेला आनन्दित नभएकाले आरोपमुक्त’

शुक्रबार, १८ चैत २०७३, १५ : ०४
शुक्रबार, १८ चैत २०७३
एजेन्सी चैत १८ – मेक्सीकेली अदालतले १७ वर्षीयामाथि बलात्कारको आरोप खेपिरहेका एक व्यक्तिलाई आरोपमुक्त गरेको छ । २१ वर्षीय एक व्यक्तिले स्कूले छात्रालाई अपहरणपश्चात् बलात्कार गरेको भनी आरोप लागेको थियो जसलाई मेक्सीकोका न्यायाधिसले सफाइ दिएका छन् । ती व्यक्तिले उक्त क्षणमा आनन्द नलिएको भन्दै न्याधिसले उनलाई आरोपमुक्त गरेका छन् । वासिङ्टन पोष्टको रिपोर्ट अनुसार उक्त घटना नयाँ वर्षको पूर्वसन्ध्यामा भएको हो । आरोपी डियागो क्रुजले आफ्नो चारजना साथीसहित १७ वर्षीया किशोरीलाई अपहरण गरी उनीमाथि बलात्कार गरेका थिए । अचम्मित गरिदिने यस्तो निर्णयपश्चात् पीडितका बुवा जाभियर फर्नान्डेजले यस्तो प्रकारको कानूनी संरक्षण भए किशोरीहरु अपहरण र बलात्कृत हुने घटना निकै साधारण हुनेछ भनी स्थानीय मिडियालाई बताएका छन् । निकै सम्पन्न परिवारका बताइने क्रुज घटनापश्चात् स्पेन उडेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप