सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

१७ वर्षे प्रेमीसँगै बसेको र उनीमाथि यौन हिंसा गरेको आरोपमा २१ वर्षीया प्रेमिका पक्राउ

मङ्गलबार, २२ चैत २०७३, १३ : १९
मङ्गलबार, २२ चैत २०७३

एजेन्सी

चैत २३ – केरलाको कोतायाममा २१ वर्षीया किशोरीलाई आफ्ना प्रेमीमाथि यौनहिंसा गरेको आरोपमा सोमबार पक्राउ गरिएको छ । १७ वर्षे प्रेमीकै घरमा बस्ने ती किशोरीलाई प्रहरीले त्यतिबेला पक्राउ गर्यो जब पीडितकी आमाले आफ्ना छोराविरुद्ध यौनहिंसा भइरहेको भनी पुलिसमा मुद्दा दर्ता गरिन् ।

मुद्दा दर्ता भएपछि रामपुरमका पुलिस किशोरको घरमा जाँदा दुईजनालाई एउटा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा भेटिए । पुलिसले जति आग्रह गरेपनि बाहिर ननिस्किएपछि ढोका फोडेरै उनीहरुलाई बाहिर निकालिएको बताइएको छ ।

रिपोर्टका अनुसार यो जोडीको फेसबुकमार्फत चिनजान भएको र सोसल मिडियामा दैनिक कुराकानी भएपश्चात् उनीहरु नजिकिएका हुन् । एर्नाकुलामकी ती किशोरीलाई जेएफएमसी पाला, कोतायाममा पठाइएको र किशोर नाबालिग भएकाले उनलाई जुभेनाइल जस्टिस बोर्डमा पठाइएको जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप