७१ वर्षदेखिको प्रेम : चार मिनेटको अन्तरालमा दुवैको मृत्यु
एजेन्सी
लण्डन, चैत २३ – ‘सँगै जिउने सँगै मर्ने’ प्रेममा यो कसम निकै चर्चित छ । एक बेलायती जोडीका लागि भने यो असल जीवनमा नै लागु भएको छ ।
पछिल्ला ७१ वर्षदेखि विवाहीत रहेर सँगै रहेका यी जोडीको चार मिनेटको अन्तरालमा मृत्यु भएको छ ।
९३ वर्षीय विल्फ रसलको एक केयर होममा मृत्यु भएको थियो । डिमेन्सिया रोगसँग लडिरहेका उनले आफ्नो पत्नीलाई समेत चिन्न छाडेका थिए ।
त्यसको केही बेर पछि उनकी पत्नी ९१ वर्षीया भेराले पनि नजिकैको अस्पतालमा अन्तिम श्वास लिइन् । आफ्नो पतिले चिन्न छाडेपछि उनी अस्वस्थ बनेकी थिइन् ।
लेस्टरसायरमा रहेको माग्ना केहर होमा गत बुधबार विहान ६ः५० बजे विल्फको मृत्यु भएको थियो ।
उनकी पत्नीले त्यहाँ नजिकै रहेको लेस्टर रोयल इनफर्मिरीमा चार मिनेटपछि अन्तिम श्वास लिइन् । उनलाई पतिको मृत्यु भएको खबर समेत थिएन ।
उनकी नातिनी स्टेफ्नी वेल्चका अनुसार एक वर्षअघि विल्फलाई डिमेन्सिया रोग लागेको पत्ता लागेको थियो । केही महिनाअघि मात्र उनलाई केयर होममा लगिएको थियो ।
स्टेफ्नीका अनुसार हजुरआमाले भेट्न जाँदा विल्फले चिन्न नसकेपछि उनको पनि स्वास्थ्य बिर्गन थालेको थियो ।
विल्फले भेरालाई १८ वर्षको उमेरमा भेटेका थिए । त्यतिबेला भेरा १६ वर्षकी थिए ।
दोस्रो विश्वयुद्ध ताका अफ्रिका र इटाली जानअघि दुवैले मग्नी गरेका थिए । त्यहाँबाट फर्केपछि दुवैले विवाह गरेका थिए ।
दुवैको दुई छोरा, ५ नातानातिनी र ७ पनाती–पानतिनी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण