प्रेमिकाले गरिन् फेसबुकमा सुसाइडको नाटक, ११ वर्षीय प्रेमिद्वारा आत्महत्या
एजेन्सी
चैत २६ – प्रेम कुनै नाटक होइन तर यसलाई कसैले ठट्टाको रुपमा लिन्छन् भने यो थुप्रैपटक घातक पनि हुने गरेको छ । अमेरिकाको मिशिगन प्रान्तमा यस्तै एक घटना सार्वजनिक भएको छ ।
जब मृत्युको कारण बन्यो नाटकः
मिशिगनको डेट्रेयट शहरमा ११ वर्षका एक बालकले पासो लगाएर आत्महत्या गरेका छन् । टायसेन बेन्जकी १३ वर्षीया प्रेमिकाले आत्महत्याभन्दा केही समय पहिले सोसल मिडियामा सुसाइडको झुटो सन्देश पोष्ट गरेकी थिइन् । यद्यपी, यो ठट्यौलीको रुपमा गरिएको थियो र यसमा उनका साथीहरुको पनि संलग्नता थियो ।
४० मिनेटभित्र दिए ज्यानः
टायसेनकी आमा कट्रिना गासका अनुसार उनका छोराले सोसल मिडियामा आफ्नी प्रेमिकाको आत्महत्यासँग जोडिएको सन्देश देखेर निकै आत्तिएका थिए । उनले जवाफमा आफूले पनि आत्महत्या गर्ने घोषणा गरे । तर प्रेमिका र उनका कोही पनि साथीले उक्त सन्देश नक्कली भएको बारे उनलाई जानकारी दिएनन् । कट्रिनाका अनुसार ४० मिनेटसम्म टायसेनको अवस्था सामान्य थियो । तर जब उनी उनको कोठामा गइन् तब उनको झुण्डिरहेको शव देखिन् । टायसेनलाई स्थानीय अस्पतालमा लगियो जहाँ डाक्टरले उनलाई मृत घोषणा गरिदिए ।
टायसेनको परिवारले उनको यादमा गोफन्डमी नामको एक वेबपेज बनाएको छ । यसको उद्देश्य सोसल मिडियामा बलजफ्ती र झुटो ठट्यौलीविरुद्ध जागरुकता बढाउने हो । आमा कट्रिनाका अनुसार सोसल मिडियामा उत्पीडन अब एक ठूलो मसला हो र स्कूलले यस्तो विषयमा बच्चाहरुलाई जागरुक बनाउने जिम्मेवारी लिनुपर्ने उनी बताउँछिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण