गर्भवती महिलाको यो तस्बिर देखेर पुलिसले गरे पक्राउ, यसरी खुल्यो राज
एजेन्सी
चैत २८ – सोसल साइटमा आजकाल अमेरिकी राज्यका इलिनोइसमा बस्ने गर्भवती महिलाको फोटो भाइरल भइरहेको छ । यी महिलाको फोटो हेरेर पुलिसले पक्राउ गरेका थिए । वास्तवमा, फोटोमा महिलाले जुन कपडा लगाएकी थिइन् त्यो उनले नजिकैको स्टोरबाट त्यसैदिन चोरेकी थिइन् ।
२७ वर्षीया यी महिलाको नाम ड्यानियल सेक्सटन हो । ड्यानियलले आफ्नी साथीलाई नयाँ पहिरन लगाउन लगाएर फोटो खिचिन् र फेसबुकमा सेयर गरिन् । यो पहिरनलाई ड्यानियलले त्यसै दिन नजिकैको स्टोरबाट चोरेकी थिइन् ।
यता स्टोरका स्टाफले चितुवाको प्रिन्ट भएको उक्त पहिरनलाई फेसबुकमा सेयर गरेका थिए र उक्त पहिरन केही समय अघिमात्र चोरी भएको सूचना पनि प्रकाशित गरेको थियो ।
केही मानिसहरुले त्यसको केही समयपछि ड्यानियललाई त्यही पहिरनमा देखेपछि स्टोरका स्टाफलाई यसबारे जानकारी दिए । स्टोरका मालिकले यसबारे पुलिसलाई जानकारी दिए, तत्पश्चात् पुलिसले ड्यानियलाई पक्राउ गरे ।
हुन त घटना सन् २०१४ को हो तर आजकाल ड्यानियलको फोटो सोसल साइटमा पुनः भाइरल भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण