चीनको अफर : जासुसबारे सूचना दिनुहोस्, लाख कमाउनुहोस्
एजेन्सी
बैइजिङ, चैत २८– बेइजिङ सरकारले विदेशी जासुसबारे सूचना दिनेहरुलाई आकर्षक पुरस्कार दिने घोषणा गरेको छ ।
सूचना दिएबापत चीनको राजधानीका वासिन्दाले ५ लाख युआन (झण्डै ७४ लाख नेपाली रुपैयाँ) सम्म प्राप्त गर्न सक्ने छन् ।
विदेशी जासुसविरुद्ध जनताले पनि सरकारलाई सहयोग गर्नुपर्ने बेइजिङका अधिकारीहरुले बताएका छन् ।
गत वर्ष सरकारी अधिकारीहरुले विदेशी जासुस विरुद्ध अभियान नै चलाएको थियो । जसमा सरकारी कार्यालयमा काम गर्ने महिलाहरुलाई विदेशी जासुसको प्रेममा नफँस्न जागरुक गराइएको थियो ।
नयाँ नियम बेइजिङस्थित म्युनिसपल सरकारको सुरक्षा शाखाले जारी गरेको हो । बेइजिङका वासिन्दाले हटलाइन फोन वा पत्रबाट जासुसबारे सूचना दिनसक्ने बताएको छ ।
सूचनाको प्रवृत्ति हेरेर १० हजार युआनदेखि ५ लाख युवानसम्म आर्थिक पुरस्कार दिइने बेइजिङ डेलीमा छापिएको समाचारमा उल्लेख छ ।
गत जनवरीमा जियाङ्सु प्रान्तमा मछवाराहरुले एउटा शंकास्पद वस्तु फेला पारेका थिए ।
पछि सरकारी अधिकारीहरुलाई बुझाउँदा उक्त यन्त्र विदेशी जासुसहरुले चीनमाथि निगरानी गर्न प्रयोग गरिरहेको पत्ता लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण