कफी खाएपछि पैसा होइन चुम्बन दिनुहोस्
एजेन्सी
मेट्रो सेन्ट जेम्स - सिड्नीको एक फ्रेन्च थिम्ड क्याफे विगत एक महिना अगाडि मात्र सञ्चालनमा आएको हो तर यो कम समयमा भएपनि निकै लोकप्रिय बनेको छ । यसको लोकप्रियताको मुख्य जड भनेको सरल प्रचारको माध्यम–कफी खाइसकेपछि पैसाको सट्टा चुम्बन दिने– लाई मान्नै पर्ने हुन्छ ।
ठट्टा गरिएको होइन । जुन महिनाका लागि जो मानिसले बिहान ९ बजेदेखि ११ बजेसम्म कफी खान्छन् भने उनीहरुले उक्त कफी खाइसकेपछि पैसा नभई चुम्बनको माध्यमबाट चुक्ता गर्न सक्छन् । ‘हामीहरुले रोमान्सलाई फेरी ल्याएका छौँ । आफ्नो पार्टनरलाई हाम्रो क्याफेमा बिहान ९ बजेदेखि ११ बजेभित्रको समयमा ल्याउनुहोस् र कफी अर्डर गरिसकेपछि किसले आश्चर्य बनाउनुहोस् ।
हामी तपाईंहरुको पैसा स्विकार गर्दैनौँ, मात्र तपाईंको चुम्बन, ’ उक्त क्याफेको फेसबुक पेजमा लेखिएको छ । मेट्रो क्युट प्रोमोसनल भिडियोमा एकजना वेटरका अनुसार,‘हामी तपाईंहरुलाई हेरिरहेका हुन्छौँ । यो चुम्बन साँचो हुनुपर्दछ, मायाले भरिएको चुम्बन । यदि चुम्बन झुटो भएको खण्डमा म थाहा पाइहाल्छु । म एक प्रकारको विशेषज्ञ नै हो भन्दा पनि हुन्छ, त्यसकारण नो चिटिङ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण