ट्राउजर छाडेर स्कर्टतिर पुरुष कर्मचारीहरु
एजेन्सी–जब उनीहरुको कम्पनीले काम गर्ने समयमा सर्टस् लगाउन बन्देज ग¥यो तब १३ जना स्वेडिस रेलका कन्डक्टरहरुले गर्मी मौसममा स्कर्ट लगाउने निर्णय गरे । महिलाका लुगा लगाइएका उनीहरुका तस्बिरले इन्टरनेटमा तहल्का मच्चाएको छ ।
‘पक्कै पनि हामी प्लाटफर्ममा हुँदा मानिसहरुले घुर्ने गर्दछन् तर यी कुराहरुको हामी वास्ता नै गर्दैनौँ,’ मार्टिन एकेस्टन, १३ जना मध्येका एक कन्डक्टले स्विडेनको पत्रिका ‘मित्ति’ लाई जानकारी दिए । गर्मी मौसममा रेलको क्याबिनमा निकै गर्मी हुन्छ, तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुग्छ तर, अराइभा कम्पनीको युनिफर्म रेगुलेसन स्टेटले स्कर्ट अथवा लामो ट्राउजरलाई निर्धारण ग¥यो ।
दुइवटामा एउटा छान्ने क्रममा कोही पुरुष कर्मचारीहरुले स्कर्टलाई रोजे । एकेस्टन र उनका केहि सहकर्मीले करिब दुई हप्ता अगाडि यो विषयमा म्यानेजरको सहमति पाए र त्यतिबेलादेखि उनीहरुले स्कर्ट लगाएर नै काम गरिरहेका छन् जसमध्ये कसैले भने आफ्नो पहिलाको युनिफर्म नै रोजे । अराइभा, स्टकहोल्मको रोस्लाङ्सबानान ट्रेन सर्भिस चलाउने उक्त कम्पनीले आफ्ना कर्मचारीहरुको इच्छालाई स्विकार गर्दै सर्टस्भन्दा स्कर्टले उनीहरुको व्यक्तित्वमा निकै निखार ल्याएको बताए ।
‘हाम्रो सोचाइ भनेको जो कोहि मानिसले अराइभालाई प्रतिनिधित्व गरिरहेका छन् उनीहरु भद्र र व्यवस्थित देखिनु जरुरी छ र अहिलेको युनिफर्मले यो काम गरिरहेको छ । यदि कोहि पुरुषले स्कर्ट मात्र पहिरिन चाहन्छ भने त्यो ठिक छ । उनीहरुलाई अरु कुनै काम गर भन्नु उनीहरुलाई पक्षपात गर्नु हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
-
बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा
-
साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
-
सफाइ पाएपछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्
-
स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण