यो रुखबाट निस्कन्छ ‘बियर’, संकलन गर्न मानिसको भीड
चैत ३० – दिल्ली विश्वविद्यालयमा एउटा खुल्ला मधुशाला छ जहाँ निःशुल्क बियर पिउन पाइन्छ !
विगत पाँच महिनादेखि नर्थ क्याम्पसको परिसरमा रहेको निमको एक रुखबाट निस्कने ‘निम बियर’ मार्फत विश्वविद्यालयमा कार्यरत मजदुर भाँडो लिएर लाइन लाग्ने गर्दछन् ।
‘यहाँको निम रुखले सन् २०१६ को नोभेम्बरदेखि सेतो तरल पदार्थ निकालिरहेको छ । यसको स्वाद तितो छ । तर क्याम्पसबाहिरका मानिस यसलाई संकलन गर्न लाइन लाग्ने गर्दछन् । यो पिउँदा उनीहरुलाई नशा चढ्ने उनीहरु बताउँछन्,’ नर्थ क्याम्पसका माली महेश प्रसाद बताउँछन् ।’
रग्बी स्टेडियमको वरिपरि लगभग १५ वटा निमका रुख छन् जुन ५० वर्ष अघि रोपिएका थिए ।
तर एउटा मात्र निमको रुखले उक्त तरल पदार्थको निष्कासन गरिरहेको छ – दैनिक १० लिटर ।
‘यो निकै रोचक कुरा हो । दिल्लीमा पहिलो पटक हामीले यस्तो कुराको अनुभव गर्न पाइरहेका छौं,’ दिल्ली विश्वविद्यालयका प्रोफेसर सिआर बाबुले बताए ।
‘मैले दुईदेखि तीन ग्लास पिएँ । जुन निकै नशालु थियो । यो खाएपछि म बिरामी पनि परिनँ । निमको रुख भएकाले यसमा केही औषधीय गुण पनि हुनुपर्छ,’ एक मजदुरले भने ।
तरल पदार्थ निष्कासन हुने ठाउँमा एक थोपा पनि खेर नजाओस् भन्नका लागि कसैले त्यहाँ बाल्टी राखिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण