चकलेट केक दिएकी थिइन् अर्डर, ‘होम डेलिभरी’ हुँदा भेटियो जिउँदो सर्प
एजेन्सी
बैशाख ४ – लण्डनको वेल्समा बस्ने क्लेरी लेविस आफूले दिएको चक्लेट केकमा जिउँदो सर्प देखेपछि निकै आत्तिइन् । क्लेरीले ‘होम डेलिभरी’ गर्ने एक पसलबाट चकलेट केक अर्डर गरेको बताइन् ।
जिउँदो थियो सर्पः
क्लेरीका अनुसार हेम डेलभरीमा ल्याइएको केकमा सानो सर्प टेपले टाँसिएको थियो । केकको बट्टा खोल्दा भित्र चलिरहेको सर्प देख्दा उनी तर्सिइन् तर टेपलाई खोलिनन् ।
क्लेरीले यो कुरा फोनमार्फत आफ्ना आफन्त र साथीहरुलाई जानकारी दिइन् । उनीहरुले फोटो खिचेर राख्ने सल्लाह दिइन् र सर्पलाई केही हानी नपुर्याइ स्वतन्त्र गरिदेउ भन्ने सल्लाह दिए ।
क्लेरीले उक्त फोटो चकलेट केक शपका म्यानेजरलाई पनि देखाइन् । यसमा म्यानेजरले उनीसँग थुप्रै पटक माफी मागिन् र दोस्रो केक पठाइदिने आश्वासन दिए । उनले उक्त गल्ती आफ्ना स्टाफबाट भएको र यसका लागि आफू लज्जित पनि भएको बताए । जोसुकैले यो गल्ती गरेको होस् उनीहरुलाई सजायँ हुने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण