जापानीहरुको शरिरमा किन लाग्दैन बोसो ?
बीबीसी
बैशाख ५ – संसारको सबैभन्दा दुब्लो जनसंख्या भएको ५० देशको जारी सूचीमा त्यस्ता देशहरु पर्ने गर्दछन् जो गरिबी, भोक, असुरक्षाजस्तो समस्याले ग्रस्त छन् । तर सूचीको ३८ औं नम्बरमा जापान रहेको छ जहाँ माथि उल्लेखित कुनै पनि समस्या छैनन् तर यहाँका नागरिकको तौल औसतभन्दा कम छ ।
जापानमा औसत रुपमा १० मध्ये तीनजना मात्र मोटो हुने गर्दछन् ।
जापानमा मोटोपना यति कम छ कि सरकारले तौल बढाउने नीतिमा बढोत्तरी गरिरहेको बुझिएको छ ।
बीबीसी वर्ल्र्डले विश्व स्वास्थ्य संगठनको पश्चिमी प्रशान्त क्षेत्रको न्यूट्रीशन एक्सपर्ट क्याटरिन एंगलहर्ड्टसँग यसबारे कुराकानी गरेको छ ।
एक सम्पन्न देश हुँदा पनि यहाँ मोटोपना र अत्यधिक तौलको समस्या किन हुँदैन भन्ने विषयमा जानकारी लिन बीबीसीले कोसिस गरेको छ ।
‘हेल्थ जापान २१’
क्याटरिनका अनुसार जापान मोटोपनालाई हराउन सफल भएको छ र यसको पछाडि सरकारी कमिटी जिम्मेवार छ ।
सरकारी कमिटीले मोटोपनामाथि नियन्त्रण, पोषण र स्वास्थ्य शिक्षासँग जोडिएका कार्यक्रममा लगानी र केही विशेष कानून बनाउने जस्तो कदम उठाएको छ ।
सरकारको ‘हेल्थ जापान २१’ अभियान को रुपमा कदम उठाइएको छ ।
न्यूट्रीशन एक्सपर्ट क्याटरिनका अनुसार यी कदममा सरकारका दुई महत्वपूर्ण कानून समावेश छन् । दुबै कानून मोटोपनामाथि लगाम लगाउन सफल भएका छन् ।
शुकु आइकु कानूनः
जापानमा सन् २००५ मा शुकु आइकु कानून लागू गरियो । यो कानून बच्चाको शिक्षासँग जोडिएको छ ।
यो कानूनको नाममा विशेष भाव लुकेका छन् । क्याटिरिनका अनुसार शुकुको अर्थ भोजन, आहार र खाने बानी हो भने आइकुको अर्थ बौद्धिक, नैतिक र शारिरिक शिक्षा हो ।
यो कानूनको उद्देश्य बच्चाहरुलाई खानाको श्रृङ्खला, स्रोत र उत्पादनका बारेमा धेरैभन्दा धेरै जानकारी दिनु । उनीहरुलाई पोषणबारे आवश्यक कुरा बताउने र सिकाउने हो ।
कानूनका अनुसार स्कूलमा बच्चाको स्वास्थ्य र खान–पिनसँग जोडिएका केही महत्वपूर्ण नियमको पालन जरुरी छ ।
क्याटरिनाका अनुसार यो कानून अनुसार स्कूलमा कुनै स्टोर वा वेन्डिङ मेसिन हुने छैन । जसका कारण स्कूल परिसरमा चिप्स वा कुनै प्रकारको सुगर सोडाजस्ता स्वास्थ्यका लागि हानिकारक खानेकुरा उपलब्ध हुने छैनन् ।
मेटाबो कानूनः
वयस्कको तौलमा नियन्त्रण राख्नका लागि मेटाबो (मेटाबोलिजम) कानून छ ।
मोटोपनालाई नियन्त्रण गर्न सफल हुनुका पछाडि यो कानूनको पनि महत्वपूर्ण भूमिका छ । यो कानून ४० देखि ७५ बिचको उमेरसमूहलाई लक्षित गर्दछ । यसमार्फत हरेक वर्ष आफ्नो कम्मर नापेर त्यसको लेखाजोखा गर्नुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार पुरुषको कम्मरको नाप ९४ र महिलाको ८० भए उनीहरुमा हृदयरोग जस्तो मेटाबोलिजमसँग जोडिएका रोगको खतरा बढ्न सक्छ ।
कम्मरको यो नापको विषयमा सार्वजनिक स्वास्थ्य प्रशासनमात्र नभई कम्पनीहरु पनि गम्भीर छन् ।
विश्व स्वास्थ्य संगठनका विशेषज्ञका अनुसार कम्पनीले वर्षदिनमा एकदिन कर्मचारीलाई आफ्नो कम्मरको नाप कम्पनीलाई बुझाउने नियम तोकेका हुन्छन् ।
जसको कम्मरको नाप तोकिएको सीमाभन्दा धेरै भयो भने कम्पनीले त्यस्ता कर्मचारीलाई धेरै कसरत गर्न र हेल्प सेसन पठाउने गर्दछ ।
त्यहाँका कानूनको उद्देश्य मानिसहरुलाई सही तौलतर्फ जागरुक बनाउनु र शारिरिक रुपमा सक्रिय राख्नु हो ।
मेटाबो कानूनका अनुसार कम्पनी आफ्नो स्टाफलाई कसरतका लागि रेष्ट ब्रेक दिने गर्दछ । केही कम्पनीमा जिम वा ब्याडमिन्टन कोर्टको सुविधा पनि दिइएको हुन्छ ता कि स्टाफ सजिलैसँग लञ्च वा कामभन्दा पहिले वा पछि कसरत गर्न सकून् ।
यतिमात्र होइन, उनीहरुलाई पैदल हिँड्न र साइकलमा अफिससम्म आउनका लागि उत्साहित गरिन्छ ।
पारम्परिक भोजन निकै कम
जापानका मानिसहरु पारम्परिक खानालाई निकै महत्व दिने गर्दछन् ।
क्याटरिन भन्छन्, ‘उनीहरु ताजा र स्थानीय रुपमा उमारेको खाद्य पदार्थमा जोड दिने गर्दछन् । ’
यहाँका मानिसहरु सानो जमिनमा फलाइएको सागसब्जी, फलफूल र अन्य खानेकुराको प्रयोग गर्दछन् ।
यसका साथै थोरै खाना पस्किने चलन पनि यहाँ छ ।
विशेषज्ञका अनुसार यहाँ पारिवारिक उत्सवमा पारम्परिक तरिकाले थुप्रै पकवान बनाइन्छ । तर थालमा सबै प्रकारको पकवानलाई निकै कम मात्रामा पस्किइन्छ । यसमा सागसब्जी, र ताजा फलफूल राखिन्छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण