पहिले प्रेम, त्यसपछि विवाहः १९ वर्षपछि श्रीमानलाई थाहा भयो श्रीमतीको यो वास्तविकता
एजेन्सी
बैशाख ५ – सुन्दर महिलालाई देखेर उनीतर्फ आकर्षित हुनु साधारण कुरा हो । यस्तै भयो ६४ वर्षीया एक बेल्जियमा नागरिक जेनसँग जसलाई पहिलो नजरमा नै एक इन्डोनेसियाली महिलामाथि प्रेम बस्यो र विवाह पनि गरे । तर विवाहको १९ वर्षपछि थाहा भयो कि उनकी श्रीमती कुनैबेला पुरुष थिए ।
थाहा पाउनुस् पूरा मामलाः
– जेनले अन्तर्वार्तामा आफ्नी जेठी श्रीमतीको मृत्यु भएपछि मोनिकासँग दोस्रो विवाह गरेको जानकारी दिए । दुबैको वैवाहिक जीवन निकै सफल तरिकाले व्यतित भइरहेको पनि उनले बताए ।
– जेनले यो पनि बताए कि दुबैबिचको सम्बन्ध निकै गाढा थियो । उनले जतिबेला पनि बच्चाको कुरा गर्दा उनका दुई सन्तान पहिले नै भएकाले किन अर्को सन्तान चाहियो भन्ने गरेको बताए । स्मरण रहोस्, जेठी श्रीमतीबाट जेनका दुई सन्तान थिए ।
– तर जब १९ वर्षपछि उनले आफ्नी श्रीमतीको वास्तविकताबारे थाहा पाए, उनी चकित परे ।
– जेनका अनुसार एक दिन मोनिकाको आफन्तबाट उनले आफ्नी श्रीमती मोनिका जन्मँदा पुरुष भएको थाहा पाए । पछि उनले आफ्नो ‘सेक्स चेन्ज’ गरेर महिला बनेको थाहा पाए । यसबारे जब उनले श्रीमतीलाई सोध्दा विस्तृत जानकारी पाए । यद्यपी, जेनले मोनिकाले आफ्नो लिङ्ग किन परिवर्तन गरिन् भन्नेबारे जानकारी दिएनन् ।
–श्रीमतीको यस्तो वास्तविकता पछि जेन नमज्जाले टुटे । उनले भने, ‘मोनिकाले मेरो घर र परिवारका लागि जे गरिन् त्यो म कहिले पनि बिर्सन सक्दिनँ तर म चाहन्छु कि मोनिका मेरो जीवनबाट टाढा भइदिऊन् । ’ यद्यपी, यो जोडी अहिले एउटै छतमुनी बसिरहेको छ तर दुबैको कोठा भने अलग्गिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण