५० घण्टासम्म चुम्बन गरेर रेकर्ड राखी महिलाले जितिन् कार (भिडियो)
एजेन्सी
बैशाख ९ – टेक्सासमा एक महिलाले लगातार ५० घण्टासम्म चुम्बनको रेकर्ड राखी कार जितेकी छिन् । महिलाले एक प्रतियोगितामा दुई दिनसम्म चुम्बन गरिन् र नयाँ कारलाई घरमा भित्र्याइन् । यो अचम्मको प्रतियोगितामा विजयी हुने महिलाको नाम दिलिनी जयासुर्या हो ।
के थियो प्रतियोगिताः
दिलिनी जयासुर्या टेक्सासमा बस्छिन् । उनले त्यहाँ आयोजित Kiss a Kia प्रतियोगितामा भाग लिइन् र कियाको अप्टिमा एलएक्स कारलाई लगातार दुई दिनसम्म चुम्बन गरिन् र विजयी भइन् ।
कसले गर्यो प्रतियोगिताको आयोजनाः
यो अचम्मको प्रतियोगिताको आयोजना अस्टिन रेडियो स्टेशन ९६.७ किस एफएमले गरेको थियो । यसमा २० जनाले भाग लिएका थिए ।
फेसबुकमा लाइभ थियो प्रतियोगिताः
प्रतियोगिताको सुरुवाती चार घण्टा फेसबुकमा लाइभ गरिएको थियो । एक–एक गरेर सबै प्रतियोगी थाके तर जित हाँसिल गर्ने महिला थाकिनन् । स्मरण रहोस्, योभन्दा पहिले यस्तो प्रकारको प्रतियोगिता आयोजना गरिसकिएको छ । यो प्रतियोगिता सन् २००७ मा भएको थियो । यसलाई शेवरलेले आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण