सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

यी हुन् घाँस खाने व्यक्तिः विगत २५ वर्षदेखि घाँस र काठ खाएर जीविकोपार्जन

आइतबार, १० वैशाख २०७४, १५ : ०४
आइतबार, १० वैशाख २०७४

हिन्दुस्तान टाइम्स

बैशाख १० – पाकिस्तानको पञ्जाब प्रान्तका एक व्यक्ति विगत २५ वर्षदेखि घाँस काठ खाएर बाँचिरहेका छन् । अचम्मको कुरा त के छ भने यो क्रममा उनी कहिले पनि बिरामी भएका छैनन् ।

पञ्जाब प्रान्तको गुज्रनवाला जिल्लाका ५० वर्षीय मेहमुद बट जागिर नभएकाले आफ्ना आधारभूत आवश्यकता पूर्ती गर्न नसक्ने भएपछि घाँस खान बाध्य भएको बताउँछन् ।

‘मेरो परिवारमा निकै गरिबी छाएको थियो । अरु कुरा त छोडौं हामीलाई खानसमेत धौ धौ थियो त्यसकारण सडकमा बसेर माग्नुको साटो जंगलका घाँस पात र काठ खान मुनासिव सम्झिएँ ,’ उनले भने ।

‘घाँसपात र काठ खानु मेरो बानी भइसकेको छ,’ द न्यूज इन्टरनेशनलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले बतायो ।

वर्षौंपछि जब उनले काम गर्न सुरु गरे र खानाको लागि जोहो गर्न सक्षम भए तब उनले आफूमा भिन्न खाने शैलीको विकास भएको महसुस गरेको रिपोर्टले बताएको छ ।

सामान ओसारपसार गरेर दैनिक ६ सय कमाउने उनी अहिलेसम्म बिरामी नभएको र खानाको लागि सधैं घाँसपात र काठको खोजी गर्ने गरेको बताइएको छ ।

‘उनले अहिलेसम्म कुनै अस्पताल र डाक्टर धाएका छैनन् । यत्रो वर्षसम्म काठ र घाँसपात खाने मान्छे कसरी बिरामी परेन भनेर हामी अचम्ममा पर्छौं,’ उनका छिमेकी गुलाम मोहम्मदले बताए ।

‘उनलाई भोक लाग्यो कि रुखको हाँगाका पातहरु खाइहाल्छन्,’ मोहम्मदले भने ।

उनको यस्तो शैलीका कारण उनी आफ्नो समूदायमा निकै चर्चित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप