सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भोको हात्तीले खाइदियो ४० हजार नोट, त्यसपछि गर्न थाल्यो बान्ता

मङ्गलबार, १२ वैशाख २०७४, १६ : २४
मङ्गलबार, १२ वैशाख २०७४

एजेन्सी

बैशाख १२ – कतिपय अवस्थामा भोक लाग्दा हामी स्वास्थ्यको ख्याल नराखी जे पायो त्यहि खान्छौं भने जनवारबाट के आशा राख्नु । भोकले के – के ख्वाउँछ भन्ने कुरा असममा देख्न पाइयो जब एक हात्तीले पसलमा राखेको नोट नै खाइदियो । ४० हजारको नोट खाएपछि हात्तीको स्वास्थ्य बिग्रन थाल्यो र बान्ता गर्न सुरु गर्यो ।

असमको सोनितपुर जिल्लामा आइतबार राती एक हात्तीले पसलमा राखेको ४० हजारको नोट खाएको हो । यसमा २६ हजार को सयको नोट थियो भने १४ हजार १० का नोट थिए । नोट आएपछि हात्तीले बान्ता गर्न सुरु गर्यो र करिब १४ हजारको नोट उनले बान्ता गरेर फिर्ता गर्यो ।

वरिपरिका मानिसलाई उद्धृत गर्दै द न्यू इन्डियन एक्सप्रेसले दिएको जानकारी अनुसार उक्त हात्ती धेरैजसो खानाको खोजीमा मानव बस्तीमा आउने गर्दछ । वन विभागका अधिकारीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप