अनि लाग्दैन पाचन प्रणालीमा क्यान्सर
बुधबार, १३ वैशाख २०७४, १४ : १४
डा. राजेन्द्र बराल, क्यान्सर रोग विशेषज्ञ, भक्तपुर क्यान्सर अस्पताल
आधुनिक जीवनशैली र अव्यवस्थित खानपानले मानव शरीरमा विभिन्न प्रकारका रोग उत्पादन भइरहेका छन् । जथाभावी खानेकुरा सेवन गर्दा पछिल्लो समय मानिसमा विभिन्न जटिल प्रकारका रोगले आक्रमण गरिरहेको छ । यस्ता रोग लाग्नुमा केही दोष आफ्नै हुन सक्छन् भने केही दोष वातावरण तथा समाजका कारण पनि हुन सक्छ । बढ्दो सहरीकरणसँगै वायु प्रदूषण, जल प्रदूषणजस्ता कारणले शरीरलाई रोग लाग्नबाट जोगाउन समस्या भइरहेको छ । यस्तोमा पछिल्लो समयमा पाचन प्रणालीमा हुने क्यान्सरबाट धेरै नै मानिस पीडित हुन थालेका छन् । पाचन प्रणालीमा क्यान्सर लाग्यो भने यसको उपचार जटिल नै मानिन्छ । पाठेघरको क्यान्सर, स्तन क्यान्सर पहिलो स्टेजमा थाहा भयो भने सजिलै निको हुन सक्छ । तर, पाचन प्रणालीको क्यान्सर अलि जटिल हुन्छ । पाचन प्रणालीमा हुने क्यान्सरबाट बच्न डाक्टर राजेन्द्र बरालको सुझाब यस्तो छः
—पाचन प्रणालीको क्यान्सर लाग्ने प्रमुख कारणमा सुर्तीजन्य पदार्थको सेवन, मद्यपान, सुपारीजन्य पदार्थ, रासायनिक पदार्थ प्रयोग गरिएका खानेकुरा, जंकफुड सेवन आदि पर्छन् । पाचन प्रणालीमा क्यान्सर हुनेमा ९० प्रतिशतमा मानिसमा मद्यपान र धूम्रपान कारण देखिएको छ । त्यसैले हरेक प्रकारका रोगबाट जोगिन मद्यपान र धूम्रपानको लत लाग्नबाट जोगिनुपर्छ ।
—मुखको राम्रोसँग सफाइ नगर्दा पनि हाम्रो पाचन प्रणालीमा असर परिरहेको हुन्छ । दैनिक खाने असन्तुलित खानाले पनि पाचन प्रणालीमा असर पु¥याउछ । त्यसैले राम्रोसँग मुखको सफाइ गर्ने, कुल्ला गर्ने बानी बसाल्नुपर्छ । क्यान्सरबाट बच्न सबैभन्दा प्राथमिकता सन्तुलित खानेकुराको प्रयोगलाई बढी दिनुपर्छ ।
—सन्तुलित भोजनका लागि हरियो सागपात, फलफूल महत्वपूर्ण हुन्छ । तर, यस्ता भोजन गर्दा पनि राम्ररी पखाल्न भने बिर्सिनुहुँदैन । अन्यथा त्यसैले रोग बढाउन सक्छ । त्यस्तै, खाना खानुअघि र खाएपछि राम्ररी साबुन–पानीले हात धुनुपर्छ ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
-
दलाई लामासम्बन्धी गतिविधिमा कूटनीतिज्ञको उपस्थिति आपत्तिजनक : झलनाथ खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण