बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

अब स्मार्टफोनले हुनेछ मधुमेहको उपचार !

आइतबार, १७ वैशाख २०७४, ०९ : ४८
आइतबार, १७ वैशाख २०७४

बीबीसी

बैशाख १७ – वैज्ञानिकले मुसामा जीवित कोशिकाको गतिविधीलाई नियन्त्रण गर्नका लागि स्मार्टफोनको प्रयोग गरेको छ ।

जीव विज्ञान र प्रविधीको प्रयोग ती मुसाको ब्लड सुगरको स्तरलाई नियन्त्रित गर्नका लागि गरियो जो मधुमेहबाट पीडित थिए ।

साइन्स ट्रान्सलेशन मेडिसिनमा प्रकाशित यो शोध अनुसार यसले मधुमेहको उपचारमा मद्दत पाउन सकिन्छ ।

वैज्ञानिकले सबैभन्दा पहिले साधारण कोसिकामा आनुवंशिक रुपमा परिपर्तन गरे ता कि यस्तो औषधी बनाउन सकियोस् जुन इन्सुलिनजस्तै ब्लड सुगरको स्तरलाई नियन्त्रण गर्ने गर्दछ ।

एक विशेष प्रकारको प्रकाश (स्मार्टफोनको टचस्क्रिनबाट निस्किएको प्रकाश) बाट यस्तो सम्भव हुन्छ ।

यो तरिकालाई अप्टोजेनेटिक्स भनिन्छ र यी कोसिकाले त्यतिबेला काम गर्दछ जब विशिष्ट तरंगको रातो रंगको प्रकाशमा ल्याइन्छ ।

वैज्ञानिकको भनाई अनुसार यस्तो प्रकारको प्रणालीलाई मुसामा प्रत्यारोपित गरेर उनीहरुले मुसामा मधुमेहको टच स्क्रिनको माध्यमले नियन्त्रित गर्न सफल भए ।

वैज्ञानिकले आफ्नो प्रयोगका लागि रगतमा सुगरको स्तर थाहा पाउनका लागि एक थोपा रगत लिइयो । यसको हिसाबले जनावर भित्र औषधीको मात्रा निश्चित गरेर हालियो ।

उनीहरुको लक्ष्य यस्तो सिस्टम सक्रिय गर्नु हो जसको सुगरको स्तर पत्ता लगाउनुका साथै औषधीको मात्रा कति हाल्नु पर्ने त्यो निश्चित गर्नु थियो ।

यो विचार अहिलेसम्म आफ्नो प्रारम्भिक चरणमा छ तर यो मधुमेहसम्म मात्र सिमित छैन ।

कोसिकाको प्रयोगले विभिन्न प्रकारको औषधीको तयार गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप