कुकुरले टोक्यो ? तत्काल गर्नुहोस् यी ५ काम
एजेन्सी
बैशाख २० – कुकुरले टोकेपछि संक्रमणको खतरा बढ्ने गर्दछ । तर थुप्रै पटक यो खतरा यति बढ्ने गर्दछ कि व्यक्तिको मृत्यु नै हुनसक्छ । यसबाट बच्नका लागि केही सावधानी अपनाउन आवश्यक छ ।
कुकुरले टोकेपछि सबैभन्दा डर रेबिजको हुन्छ । रेबिज लागेका मानिसहरु पागल हुने गर्दछन् र जनावरजस्तो व्यवहार गर्न थाल्छ । यदि समस्या लामो समयसम्म रहिरह्यो भने व्यक्तिको मृत्यु पनि हुने गर्दछ ।
के हो रेबिज ?
रेबिज एक भाइरस हो जुन कुकुर, बिरालो, चमेरो, ब्वाँसो वा भालूजस्ता जनावरमा पाइन्छन् । यदि यो भाइरस भएको जनावले कुनै व्यक्तिलाई टोक्यो भने त्यसको र्यालमार्फत उक्त व्यक्तिलाई सर्ने गर्दछ । यसले भाइरस सेन्ट्रल नर्भस सिस्टममा अट्याक गर्दछ जुन मृत्युको कारण बन्न सक्छ ।
रेबिज भाइरसबाट कसरी बच्ने ?
यदि कुकुरले टोक्ने बित्तिकै केही सावधानी अपनाए रेबिज भाइरसको खतराबाट बच्न सकिन्छ । मेदान्त द मेडिसिटी हस्पिटल, गुडगांवको इन्फेक्सियस डिजिजका विज्ञ डा. नेहा गुप्ताले कुकुरले टोक्दा अपनाउनुपर्ने केही ५ टिप्सबारे जानकारी दिएकी छिन् ।
१. पानीले धुनुहोस्ः
जुन ठाउँमा कुकुरले टोकेको छ, त्यसलाई सफा पानीले धुनुहोस् । यसो गर्दा घाउमा ब्याक्टेरियाको खतरा कम हुनेछ ।
२. घाउलाई नथिच्नुहोस्ः
यदि घाउबाट रगत बगिरहेको छ भने त्यसलाई नथिच्नुहोस् । केही समयसम्म रगत बग्न दिनुहोस् ।
३. एन्टिबायोटिक क्रिम लगाउनुहोस्ः
त्यस लगत्तै एन्टिबायोटिक क्रिम लगाउनुहोस् । यसले इन्फेक्शन पूरा शरिरमा फैलन रोक्नेछ ।
४. ब्यान्डेज लगाउनुहोस्ः
त्यसपछि घाउमा ब्यान्डेज लगाउनुहोस् । यसो गर्दा वातावरणमा रहेको ब्याक्टेरिया घाउसम्म पुग्न पाउँदैन ।
५. डाक्टरको उपचार लिनुहोस्ः
यो प्राथमिक उपचार लगत्तै डाक्टरलाई भेट्नुहोस् । उनको सल्लाह अनुरुप आवश्यक उपचार गराउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण