पश्चिम नेपाल बस व्यवसायी संघ पूर्ण अटोमेशनमा
बुधबार, २० वैशाख २०७४, १७ : ४८
बुटवल, वैशाख २०– पश्चिम नेपाल बस व्यवसायी संघले अनलाइन टिकटिङको सुरू गरेको छ । पश्चिम नेपाल बस ब्यसायी संघले आम यात्रुहरूलाई सहज रूपमा घरबाटै टिकट काट्न सहज होस् भन्ने उद्देश्यले अनलाइन टिकटको ब्यवस्था गरेको छ ।
यो सँगै अबदेखि पश्चिम नेपाल बस व्यवसायी संघबाट सञ्चालित सम्पूर्ण गाडिहरूको टिकट मोबाइल एप्लीकेशन तथा अनलाइनबाट काट्न सकिने समितिले जनाएको छ ।
हाल पश्चिम नेपालका एसी, र डिलक्स् गाडिमा अनलाइन टिकट काट्न सकिने जनाइएको छ । योसँगै यात्रुहरूले इ–सेवामार्फत् अथवा नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशनबाट टिकट काट्न सकिने छ ।
यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी संघको मोबाईल एप्लीकेशन “PNBBS”, www.westnepalbus.com, www.esewa.com.np, www.bussewa.com लगअन गरेर टिकट काट्न सकिने जनाइएको छ ।
पश्चिम नेपाल बस व्यवसायी संघलाई पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएको पनि समितिले जनाएको छ । राजधानी काठमाडौमा रहेको दियालो टेक्नोलोजिज प्रा.लि.सँगको सहकार्यमा कार्यालय सञ्चालन, लेखा, चलानी, अभिलेखन तथा बीमा लगायतका सबै कार्यहरूलाई अटोमेशनमा लगिएको छ ।
यातायात क्षेत्रमा आधुनिक प्रणाली प्रयोग गरेर छिटो, छरितो र पारदर्शी सेवा दिनका लागि पश्चिम नेपाल बस व्यवसायी संघ अटोमेशनमा जाने नेपालकै पहिलो समिति बन्न सकेको समिति अध्यक्ष दधि खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पश्चिम नेपाल बस व्यवसायी संघले काठमाडौं लगायत १३ वटा अञ्चलका मुख्य क्षेत्रका साथै प्रमुख शहरहरु र अति दुर्गम कच्ची सडकहरुमा समेत यातायात संचालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन
-
मखाना खानु अघि सोच्नै पर्छ यी मानिसले
-
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ ५ कार्यसूची
-
नेपाली कांग्रेसद्वारा विदेशस्थित जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकमा जुट्न निर्देशन
-
२० वर्षपछि विश्वकपमा फर्किएको चेक रिपब्लिकसँग भिड्दै एसियाली महारथी दक्षिण कोरिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण