प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ ५ कार्यसूची
शुक्रबार, २९ जेठ २०८३, ०७ : ०७
सारांश
- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
- बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नेछन् ।
- यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि प्रस्तुत गर्नेछन् ।
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नेछन् ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ पेस गर्ने कार्यसूची छ ।
मन्त्री गौरी कुमारीले नै अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ पनि पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
-
युद्ध अन्त्य भएको ट्रम्पको दाबी, इरानले भन्यो- यो अड्कलबाजी मात्रै हो
-
महालेखा र सचिवबिच जुहारी, असार २ गतेदेखि लेखा समितिले फाइलसहित स्पष्टीकरण माग्ने
-
थाइल्याण्डकी राजकुमारीको निधन
-
ट्रम्पले इरान युद्धबारे सकारात्मक खबर सुनाएसँगै तेलको मूल्य घट्यो
-
केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण