अविवाहित मानिस हुन्छन् राम्रा व्यक्तिः अनुसन्धान
बीबीसी
बैशाख २३ – यदि तपाईं अविवाहित हुनुहुन्छ भने मानिसहरु तपाईंबारे विभिन्न धारणा बनाउने गर्दछन् । तपाईं निकै एक्लो महसुस गर्नुहुन्छ होला । तपाईं कोही एकको खोजीको विषयमा तनावमा हुनुहुन्छ होला । यस्ता प्रकारका विभिन्न प्रश्न सोधिन्छ ।
युनिभर्सिटी अफ क्यालिफोर्नियामा बेला डी पाउलो प्रोजेक्ट साइन्टिस्ट हुन् । उनले यस विषयमा एक लेख प्रकाशित गरेका छन् जसमा यी परम्परागत प्रश्नलाई चुनौतीको रुपमा देखाउनुका साथै अविवाहित हुनुका फाइदाबारे पनि जानकारी दिएको छ ।
उनको अनुसन्धान अनुसार अविवाहित रहनु ती व्यक्तिका लागि मात्र फाइदाजनक नभई पूरा एक व्यक्ति अविवाहित हुँदा पूरा समाजलाई नै फाइदा पुग्ने गर्दछ । डी पाउलोले भने, ‘मैले अविवाहित मानिसहरुमाथि लेखन र शोधमा दुई दशकभन्दा धेरै समय खर्च गरेको छु । यो क्रममा अविवाहित मानिसहरुको संख्यामा बढोत्तरी हाम्रो नगर, शहर, समुदाय, आफन्त, साथीभाइ र छिमेकीका लागि पनि वरदान जस्तै भएको पाएँ ।’
डी पाउलोका अनुसार अमेरिकामा अविवाहित मानिसहरु विवाहितको तुलनामा मानिसहरुलाई साहास दिने, मद्दत गर्ने, समाज, साथी र छिमेकीसँग घुलमिल भएर बस्ने गर्दछन् । अविवाहित मानिसहरु अरुलाई उत्साहित गर्ने, सल्लाह दिने, साथ रहने र हरेक समय आफ्नो परिवारसँगै हुने गर्दछन् ।
डी पाउलोले भने, ‘अविवाहित मानिसहरु सामाजिक गतिविधी, शैक्षिक समूह र कलाको निकै नजिक हुन्छन् । सबैभन्दा रोचक कुरा त के छ भने मानिसहरु विवाह गरेपछि नै सबैभन्दा धेरै एक्लोपना महसुस गर्दछन् । उनीहरु धेरैजसो एक्लो महसुस गर्दछन् ।’
डी पाउलोका अनुसार अविवाहित मानिसहरु थुप्रै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राख्छन् । आफूले जो अविवाहित मानिसहरुको विषयमा अनुसन्धान गरे उनीहरुले कहिले पनि एक्लो महसुस नगरेको उनले बताए ।
अविवाहित मानिसहरु चाँडै मर्ने रिपोर्टमा केही वास्तविकता भएको उनले स्पष्ट पारे । उनले भने, ‘यसलाई बढाईचढाई प्रस्तुत गरिएको हो । एक्ला मानिसहरुलाई रुढीबाढी तरिकाले हेरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण