शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसद वैठक स्थगित गरेपछि सभामुखले भनिन्, ‘महाअभियोग प्रस्ताव ससंदको आन्तरिक मामिला’

आइतबार, २४ वैशाख २०७४, १३ : २२
आइतबार, २४ वैशाख २०७४

शम्भु दंगाल

काठमाडौँ, वैशाख २४ – सभामुख ओनसरी घर्तीले राज्यका तीनवटै अंग संविधानको सीमाभित्र बस्नुपर्नेमा जोड दिएकी छिन् ।

व्यस्थापिका संसद भवनमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख घर्तीले संविधानमा राज्यका तीन वटै निकाय, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबारे स्पष्ट रुपमा उल्लेख भएको र संविधानले निर्धारण गरेको आ–आफ्नो सीमाभित्र बस्नुपर्ने बताएकी हुन् ।

व्यवस्थापिका संसदमा पेश भएको महाअभियोग प्रस्ताव ससंदको आन्तरिक मामिला र अदालतको आदेशले संसदको विशेष अधिकार हनन भएको उनको टिप्पणी थियो ।

‘यसरी राज्यका अंगहरुबीच टकराव हुँदा बलिदानीपूर्ण उपलब्धि गुम्ने खतरा हुन्छ,’ सभामुख घर्तीले भनिन्, ‘यसले आसन्न निर्वाचनमा पनि प्रतिकुल असर पर्ने देखिन्छ ।

उनले सबै निकायहरु धर्यमा बसेर आपसी छलफलबाट समाधान निकाल्न आग्रह गरिन् ।

‘यसैको लागि मैले जेठ ४ गतेसम्मका लागि बैठक स्थगित गरेकी छु,’ सभामुखले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप