उपप्रधानमन्त्रीसहित गच्छदारलाई सरकारमा भित्र्याइँदै !
आइतबार, २४ वैशाख २०७४, १३ : ३६
बैशाख २४, काठमाडौं– नेपाल लोकतान्त्रिक फोरम प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने संकेत दिएको छ । प्रचण्ड नेतृत्वको सरकारमा फोरमका अध्यक्ष विजयकुमार गच्छदार आफै सहभागि हुने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग गच्छदारको कुराकानी भएको छ ।
हिजो पनि प्रधानमन्त्री प्रचण्ड र गच्छदारबीच कुराकानी भएको थियो ।
यहीँ वैठकमा सरकारमा सहभागी हुने विषयमा सहमति बनेको स्रोतको दावी छ ।
‘कुरा सकरात्मक छ । तर, अन्तिम भएको छैन ।’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, ‘कुरा मिल्यो भने चुनाव अगाडि नै उहाँ सरकारमा सहभागी हुनुहुन्छ ।’
गच्छदारलाई उपप्रधानमन्त्रीसहित यस अघि कमल थापाले सम्माहलेको स्थनाइि विकास मन्त्रीको जिम्मा दिने विषयमा कुराकानी भएको स्रोतको भनाई छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तापक्षीय गठबन्धनले प्रधानन्यायधीश माथि महाअभियोग प्रस्ताव दर्ता गरेसगै असमति जनाउदै उपप्रधान तथा स्थानीय बिकास मन्त्रालयबाट राजिनामा दिएका थिए ।
प्रचण्ड नेतृत्वको सरकारबाट वहिर्गमन गरेसँगै राप्रपाले स्थानिय तहको चुनावमा विपक्षी एमालेसँग गठवन्धन गरेको छ ।
गच्छदारलाई सके आइतवार नभए सोमवारसम्म भएपनि सपथ खुवाउने सत्तारुढ दलको तयारी रहेको स्रोतको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
-
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण