कास्कीमा दलहरु तालमेलमा ओर्लिए
आइतबार, २४ वैशाख २०७४, १३ : ४३
पोखरा, २४ वैशाख । निर्वाचनको मिति नजिकिँदै गएपछि कास्कीमा उम्मेदवारहरुको दौडधूप तीव्र बन्दै गएको छ ।
दलहरुले चुनाव चिन्ह लिएपछि मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु वडाका टोलटोलमा पुगिरहेका छन् । प्रचारप्रसारको समय निकै छोटो भएकाले एकै दिनमा चार÷ पाँचवटा वडामा पुग्नु पर्दा उनीहरुलाई भ्याइनभ्याई छ ।
प्रचारप्रसार गर्ने सवारीसाधनमा उम्मेदवारहरुका तस्वीर टाँसेर माइकबाट भोट मागिरहेको दृश्य यत्रतत्र देखिन्छ । अहिले पोखरानगर क्षेत्रभित्र जताततै गीत बजिरहेको छ । एकपछि अर्को दल माइकबाट गीत बजाउँदै हिँड्दा मतदातामा उत्साह थपिएको छ ।
उम्मेदवारले आफ्नो पार्टीले चुनाव जितेमा टोलमा यो यो काम गर्छौं भनेर प्रतिवद्धता व्यक्त गरेका छन् भने मतदाताले पनि उम्मेदवारहरुलाई आफ्नो टोलमा गर्नुपर्ने विकास निर्माणबारे ध्यानाकर्षण गराइरहेका छन् ।
निर्वाचन जित्न राजनीतिक दलहरुले तालमेल पनि गरेका छन् । पोखरा–लेखनाथ महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ । माओवादी केन्द्रबाट महानगरको प्रमुख पदमा उम्मेदवारी दिएका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएर काँग्रेसबाट उम्मेदवारी दिएका रामजी कुँवरलाई समर्थन गरेका छन् ।
सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पनि तालमेल भएको छ । महानगरको प्रमुखमा फोरमका हुमबहादुर गुरुङ र उपप्रमुखमा नयाँ शक्ति पार्टीका लक्ष्मी खाती परियार उम्मेदवार बनेर मतदाताको घरदैलोमा पुगेका छन् ।
महानगरको वडा नं १३ मा नेकपा ९माओवादी केन्द्र० र राप्रपाबीच एक अर्कालाई वडाध्यक्ष र सदस्यमा सघाउने गरी तालमेल भएको छ । जिल्लामा ३७० पदका लागि एक हजार ५२४ जना उम्मेदवार चुनावी मैदानमा उत्रेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
पोखरा–लेखनाथ महानगरपालिका र रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा गरी दुई लाख २४ हजार ८११ मतदाता रहेका छन् । जिल्लामा १५० मतदानस्थल र २८८ मतदान केन्द्र तोकिएको छ भने निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय झन्डै एक हजार ५०० कर्मचारी खटाउन तयारीमा छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
-
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण