विश्वज्योती मोवाइल मार्टमा मोवाइल किन्दा उपहार पाइने
काठमाडौं–राजधानीको जमलस्थित विश्वज्योति मलमा खुलेको मोवाइल मार्टले हरेक मोवाइल किन्दा हात खाली नजाने उपहार योजना ल्याएको छ । नयाँ बर्षको अबसरमा सबैकालागि मोबाइल भन्ने नारा लिएर संचालनमा आएको मार्टले हरेक मोवाइलको खरिदमा उपहार दिने जनाएको हो । मार्टका अध्यक्ष प्रकाश महर्जनले मोवाइल किन्ने हरेक ग्राहकले एउटा कुपन पाउने र हरेक महिनाको अन्तिममा हुने लक्की ड्रमा सहभागी गराइने जनाए । लक्की ड्रबाट ग्राहकले टिभी, फ्रिज, स्मार्टफोन लगायत धेरैथरीका उपहारसमेत पाउने महर्जनले जानकारी दिए । मार्टले ग्राहकलाई पुराना मोवाइलसँग नयाँ मोवाइल साट्ने, निशुल्क सर्भिसिङ लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ । अन्तर्राष्ट्रिय विभिन्न ब्रान्डका मोवाइल उपलब्ध रहेको मार्टमा एप्पल (आइफोन), सामसङ, जियोनी, लेनोभो, जेडटिइ, ओप्पो, इम्फोकस, ओविआइ, लाभालगायतका ब्राण्डका मोवाइल उपलब्ध रहेको अध्यक्ष महर्जनले बताए । उनका अनुसार यहाँ १ हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्म पर्ने मोवाइल उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
-
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण