महिलालाई दिइनेछ उभिएर पिसाब फेर्न तालिम
एजेन्सी
बैशाख २४ – अष्ट्रियाको ग्रीन पार्टीका एक स्थानीय संस्थाले महिलालाई उभिएर पिसाब गर्ने तालिम दिनेछ । पार्टीले यो सिलसिलामा एक विशेष बैठक बोलाउने तयारी गरिरहेको जानकारी दिएको छ ।
उक्त तालिममा महिलालाई फोहोर शौचालयमा उभिएर कसरी पिसाब गर्ने भन्ने बारे जानकारी दिइने बताइएको छ ।
ग्रीन पार्टी धेरैजसो सामाजिक र राजनीतिक मुद्दामा चर्चाका लागि ‘विमिंज ब्रेकफास्ट’ को आयोजना गर्ने गर्दछ । अर्को हप्ता शनिबार पनि यस्तै एक बैठकको आयोजना हुँदैछ । पार्टीका अनुसार उक्त बैठकमा ‘मूत्राशयसँग जोडिएको समस्या’ बारे कुराकानी गरिनेछ ।
महिलालाई संगीत महोत्सव, खेल आयोजना र विभिन्न प्रकारका सार्वजनिक कार्यक्रममा उभिएर पिसाब गर्ने तरिकाबारे सिकाइने पार्टीले बताएको छ । ग्रीन पार्टीका अनुसार महिला फोहोर सार्वजनिक शौचालयमा पनि यो तरिकालाई प्रयोग गरेर पिसाब फेर्न सक्छन् र थप समस्याबाट बच्न सक्छन् ।
बैठकका आयोजकका अनुसार महिलालाई उभिएर पिसाब फेर्न सम्भव बनाउनका लागि सजिलो तरिकाले कस्तो उपकरण बनाउन सकिन्छ भन्ने विषयमा पनि कुराकानी हुनेछ । स्थानीय पार्षद र ग्रीन पार्टीकी सदस्य मार्था गुन्जेलले यो कार्यक्रमको विषयमा अनलाइनमा जति पनि कुरा भइरहेको छ त्यो देखेर सबै आयोजक निकै अचम्ममा रहेको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
-
होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण