शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपमेयरसहित एउटा वडामा दलित मात्रै उम्मेदवार

आइतबार, २४ वैशाख २०७४, १४ : १०
आइतबार, २४ वैशाख २०७४
भक्तपुर, बैशाख २४– अवको एक सातामा हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेकपा मालेका तर्फबाट उपमेयर सहित वडा नं.४ मा सवै जना उम्मेदवार दलित रहेका छन् । चाँगुनारायाण नगरपालिकाको उपमेयर पनि दलित महिला लक्ष्मी मगराती रहेकी छन् । मालेले चाँगुनारायण नगरपालिका वडानम्वर ४ मा वडा अध्यक्षमा रामराज मगराती , सदस्यहरु हरिशरण सार्की, विदुर मिजार र महिला सदस्य सिता मिजारलाई उम्मेदवार बनाएको छ । मेयर उपमेयर सहित नगरपालिकाका २ वडामा आफ्नो उम्मेदवारी दिएको मालेले वडानम्बर ५ मा पनि सुरज वयलकोटी दलितलाई नै वडा अध्यक्षमा उठाएको छ । ‘दलित मैत्री नमुना वडा’ निर्माणका लागि दलितहरुलाई सर्वसम्मत उम्मेदवार बनाइएको नेकपा मालेका जिल्ला सचिव अदिप खड्काले वताए । कतिपय स्थानमा दलित उम्मेदवार नभएकाले निर्विरोध भएकाले यहाँ भने वडाको पुरै टिम नै दलितले उम्मेदवारी पाएसँगै चाँगुनारायण नगरपालिकाको वडा नं. ४ चर्चाको विषय बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप