शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काल्र्सबर्गको गल्फ सिरिज सुरुवात

आइतबार, २४ वैशाख २०७४, १६ : ०५
आइतबार, २४ वैशाख २०७४
काठमाडौं–वैशाख २४ –काल्र्सबर्ग गल्फ सिरिज् २०१७ गल्फिङ इभेन्टको पहिलो एडिशनको सुरु भएको छ । ३ वटा सिरिज्को यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरको कडा प्रतिस्पर्धा हेर्न सकिने छ । पहिलो सिरिज्को सुरुवात आइबार भएको र दुई वटा अगष्ट र अक्टोबरमा हुने जनाइएको छ । आफ्नो होम क्लबको भ्यालिड ह्याण्डी क्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइने आयोजकको भनाइ छ । प्रत्येक इभेन्टबाट उत्कृष्ट १० नेट स्कोर गर्ने खेलाडी र उत्कृष्ट ५ ग्रस स्कोर गर्ने खेलाडीले अंक प्राप्त गर्नेछन् र तीन वटा इभेन्टपछि ग्रस र नेट विधामा जुन खेलाडीले सबैभन्दा धेरै अंक प्राप्त गर्छन् सोहीलाई काल्र्सबर्ग गल्फ सिरिज् ग्रस र नेट च्याम्पियन घोषित गरिने जनाइएको छ । यसै गरी प्रत्येक एडिशनका नेट विजेता, नेट उप–विजेता, ग्रस विजेता, ग्रस उप– विजेता, महिला तर्फका विजेता, सिनियर विजेता, सिनियर उप–विजेता, लङ्गेष्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मोष्ट बर्डिज्हरुलाई पुरस्कार वितरण गरिने आयोजकको भनाइ छ । गोर्खा बु्रअरीका प्रबन्ध निर्देशकले अरुण अधिकारीले प्रतिभाशाली उदयमान गल्फरलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिज्ले साँच्चै नै लामो बाटो तय गरेको वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप