शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

'समृद्ध महानगर काँग्रेसको सपना'

सोमबार, २५ वैशाख २०७४, ०८ : ४५
सोमबार, २५ वैशाख २०७४
पोखरा, २५ वैशाख - नेपाली काँग्रेसका तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले समृद्ध महानगर काँग्रेसको सपना भएको बताएका छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नं २८, ३१ र ३२ मा आइतबार घरदैलो कार्यक्रममा सहभागी हुँदै उहाँले आम मानिसले कल्पना गरेको समृद्ध पोखरा निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताए । “निर्वाचनमा विजयी भएसँगै पोखराको गुरुयोजना तयार गरेर आधुनिक पोखरा निर्माण अभियानको थालनी गर्ने छु,” उनले भने “काँग्रेस कास्कीले विकासका पाँचवर्षे घोषणापत्र तयार गरी समृद्ध महानगरका योजना सार्वजनिक गरिसकेको छ, त्यसको कार्यान्वयन गर्ने मेरो पहिलो दायित्व हो ।” महानगरको उपप्रमुखकी उम्मेदवार सरस्वती गुरुङले लामो समयदेखि अलपत्र अवस्थामा रहेको क्षेत्रीय बसपार्क निर्माणलाई निर्वाचनको परिणामको भोलिपल्टबाट नै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप