शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु, नौ घाइते

सोमबार, २५ वैशाख २०७४, ०९ : ३४
सोमबार, २५ वैशाख २०७४
कपिलवस्तु, २५ वैशाख - कपिलवस्तुमा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु र नौ जना घाइते भएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो । युपी ५५ टि ०४९५ नम्बरको भारतीय जिप राति ९ बजे जन्ती लिएर डिजे बजाउँदै आउने क्रममा दुर्घटना भएको थियो । पासीको डिजेले च्यापिएर ज्यान गएको स्थानीयले बताएका छन् । घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रहरी सहायक निरीक्षक दिपेन्द्र गिरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप