मूर्ति बनाएरै २३ परिवार पाल्दै हीरालाल
डडेल्धुरा, २५ वैशाख । मूर्ति निर्माण गरी बेचेर २३ जनाको परिवारलाई लालनपालन गरिरहेको सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ ।
तर आफू अपाङ्ग भए पनि अपाङ्गता भएका मानिस पनि कसैभन्दा कम छैनन् भन्ने उदहारण दिएका छन्, डडेल्धुरा जिल्ला आलिताल घरेलुका हीरालाल विश्वकर्माले । बोल्न नसक्ने हीरालालले एक दशकदेखि ढुङ्गे मूर्ति निर्माण गर्दै २३ जनाको आफ्नो परिवार पालिरहेका छन् ।
हीरालालले निर्माण गरेका मूर्तिले यस क्षेत्रमै चर्चा कमाएको स्थानीयको भनाइ रहेको छ । हीरालालले वर्षौंदेखि ढुङ्गे मूर्ति निर्माण गर्दै परिवारिक खर्च धान्दै आइरहेको घरेलुका समाज सेवी चन्द्रदेव बोहराले बताए ।
जन्मजात अपाङ्गता भएका उनले निर्माण गरेका ढुङ्गे मूर्ति बिक्री गरेर बर्सेनि रु एक लाखभन्दा बढीसम्म आम्दानी गर्न सफल भएको उनका परिवारले बताएका छन् । विभिन्न देवी देवता तथा अर्डरअनुसार मूर्तिको निर्माणबाट नै परिवारको पालनपोषण भइरहेको हीरालालका भाइ शेरबहादुर विश्वकर्माले बताए । दाइको मूर्तिकलाले नै हाम्रो पारिवारिक खर्च जुटिरहेको छ शेरबहादुरले भने ।
दाइले निर्माण गरेका देवी देवता तथा विभिन्न ऐतिहासिक मानिसका मूर्ति नेपालका विभिन्न स्थानमा पुगेको र धेरै ठाउँका मानिसले देवताका मूर्ति तथा सालिक निर्माण गर्न लगाएर लैजाने गरेको हीरालालका भाइको भनाइ रहेको छ ।
एउटा मूर्तिलाई रु २० देखि ६० हजारसम्ममा बेच्ने गरेका हीरालालको परिवारले बताएका छन् । वर्षौंदेखि विभिन्न किसिमका ढुङ्गे मूर्ति निर्माण गरेर नेपाल तथा भारतमा समेत बिक्री गरेको भए पनि सरकारले मूर्ति निर्माणका लागि आधुनिक सामग्रीका लागि कुनै चासो नदिएको उनका परिवारले गुनासो गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण