शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

यो एयरलाइन्समा यात्रा गर्नेले पाउनेछन् ल्यापटप

सोमबार, २५ वैशाख २०७४, १० : ४७
सोमबार, २५ वैशाख २०७४

एजेन्सी

बैशाख २५ – टर्किश एयरलाइन्सले बिजनेस क्लासमा यात्रा गरिरहेको आफ्नो यात्रीलाई ल्यापटप उपलब्ध गराउने भएको छ । केही समयअघि बेलायत र अमेरिकाद्वारा यात्रुलाई इलेक्ट्रोनिक उपकरण लिएर यात्रा गर्न प्रतिबन्ध लगाएको थियो । जसका कारण यात्रुले निकै समस्या झेल्नुपरेको थियो ।

यात्रुको सुविधालाई ध्यानमा राखेर अब एयरलाइन्सले केही देशका यात्रुलाई ल्यापटप उपलब्ध गराउनेछ ।

अमेरिकाले पश्चिमी एसियाका ७ देश र टर्कीबाट सिधा आउने विमानका यात्रीमाथि मोबाइल फोनदेखि ठूला इलेक्ट्रोनिक उपकरण ल्याउन प्रतिबन्ध लगाएको छ । धेरैजसो मुश्लिम बाहुल्यता भएका देशका यात्रुमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकापछि बेलायतले पनि यस्तै प्रकारको प्रतिबन्ध लगाएको थियो । मध्यपूर्वी एसियाका ५ इस्लामिक देश, टर्की र उत्तरी अफ्रिकाबाट आउने यात्रुमाथि यस्तो प्रकारको प्रतिबन्ध लागू छ । यो नयाँ व्यवस्थाका कारण यात्रीहरुलाई निकै समस्या भइरहेको थियो। यात्रुहरुको सहुलियतलाई ध्यानमा राखेर टर्किश एयरलाइन्सले उनीहरुलाई यात्राको क्रममा ल्यापटप दिने व्यवस्था गरेको छ । शनिबार एयरलाइन्सद्वारा जारी एक बयानमा भनिएको छ, ‘हामीले अमेरिका जाँदै गरेको विमानमा आफ्नो बिजनेस क्लासको यात्रीलाई ल्यापटप दिने व्यवस्था सुरु गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप