शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

यी हुन् राप्रविसंबाट स्थानीय चुनाबका उम्मेदवार

सोमबार, २५ वैशाख २०७४, १० : ४५
सोमबार, २५ वैशाख २०७४
काठमाडौँ, बैशाख २५– राप्रपा निकट विद्यार्थी सङ्गठन राप्रविसंका अधिकांश केन्द्रीय पदाधिकारी स्थानिय तहको चुनाबमा उम्मेदार बनेका छन् । राप्रविसं महासचिव राज बस्नेतका अनुसार उपाध्यक्ष निराजन बम पलाँसा गापा कालिकोटको उपप्रमुखमा मेयरको उम्मेदवार छन् भने अर्का उपाध्यक्ष श्याम यादव लक्ष्मीपुर गापा सिरहाको उम्मेदार बन्ने तयारीमा छन् । त्यस्तै तत्कालिन राप्रविसं नेपालका सह संयोजक कुमार गजुरेल बेलकोटगढी नपा नुवाकोटको मेयर पदको उम्मेदवार बनेका छन । त्यस्तै राप्रविसं महासचिव राज बस्नेत लामिडाँडा गापा खोटाङको अध्यक्षमा उम्मेदवार बन्ने तयारीमा छन ,राप्रपाको बलियो उपस्थिती रहेको सिन्धुपाल्चोकको मेलम्ची नपाको उपमेयरमा सङ्गठनकी कोषाध्यक्ष कुमारी तामाङ उपमेयरका लागी मैदानमा छिन । त्यस्तै केन्द्रीय सदस्य देवेन्द्र माल बैतडीको डिलाशैनि गापा वडा नं ६ गोकुलेश्वरको वडा अध्यक्षमा उम्मेदवार बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप