शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ सरुको ‘के यो माया हो’

सोमबार, २५ वैशाख २०७४, १० : ४८
सोमबार, २५ वैशाख २०७४
काठमाडौं, बैशाख २५ –गायिका सरु गौतमले नयाँ गीत ‘के यो माया हो’ म्युजिक भिडियो सहित युट्युब मार्फत सार्वजनिक गरेकी छन् । आफ्नै भाई सरोजलाई मोडलिङ गराएकी गीतमा शब्द पनि सरुकै छन् । संगीतकार टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियोमा मोडल कृष्टिना थापाले सरोजसँग रोमान्स गरेकी छन् । बुद्ध थापाको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीतको भिडियो निर्देशन अनुप चापागाईंले गरेका छन् । गीतले प्रेम भाव बोल्ने गायिका सरुले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप