शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

लमजुङमा हतियार बनाउँदा बनाउँदै दुई युवा पक्राउ

सोमबार, २५ वैशाख २०७४, १० : ५८
सोमबार, २५ वैशाख २०७४

समुन्द्रा घिमिरे

लमजुङ, बैशाख २५– प्रहरीले बेसीशहर नगरपालिका वडा नं. ९ बिम्दा भीरकटेरीबाट बनाउँदै गरेको भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार राती एक बजे निर्वाचन केन्द्रीत सुरक्षा योजना अन्तर्गत ‘सर्च अप्रेसन’ का क्रममा २४ बर्षिया मनोज विक र १९ बर्षका प्रदीप विक हतियारसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउपर्ने यी दुई दाजुभाई हुन् ।

प्रहरी नायव उपरिक्षक समीरचन्द्र खरेलकाअनुसार बनाई सकिएको र बन्दै गरेको गरि दुईवटा भरुवा बन्दुक बरामद गरिएको छ ।

आरन सञ्चालन गर्दै आएको ठाउँमा बन्दुक बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाले बाँदर धपाउन बन्दुक बनाएको बताएका प्रहरीले जनाएको छ । उनीहरुलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरिक्षक खरेलले बताए ।

पुराना हितयारपनि चुनौती

स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सुरु भएको हतियार सङ्कलन अभियानअन्तर्गत लमजुङमा तोकिएको समयभित्र जम्मा ६४ जनाले मात्रै हतियार बुझाएका छन् ।

लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक समीरचन्द्र खरेकाअनुसार ६४ वटा दर्तावाला भरुवा बन्दुक मात्र बुझाइएको छ । प्रहरीले यही वैशाख १५ गतेभित्र दर्ता भएका हतियार बुझाउन समय दिएको थियो ।

प्रशासनमा दर्ता भएका अन्य ७६४ वटा हतियार अझै संकलन भएको छैन । जिल्ला प्रशासन कार्यालय लमजुङमा कुल ८२८ वटा हतियार दर्ता भएको तथ्याङ्क छ ।

प्रशासन कार्यालयका सुब्बा डिल्लीराम शर्माका अनुसार एकनाले भरुवा बन्दुक ६६५ वटा, एकनाले बारबोरको बृजलोडिङ ९७ वटा, दुईनाले बारबोरको बृजलोडिङ ४४ वटा, दुईनाले भरुवा बन्दुक २ वटा, बाइसबोरको राइफ (सर्टगन) १६ वटा र हावादारी बन्दुक ४ वटा दर्ता रहेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप