शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सुनको भाउ स्थिर

सोमबार, २५ वैशाख २०७४, ११ : ३९
सोमबार, २५ वैशाख २०७४
काठमाडौं, वैशाख २५–नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । गत साताको शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार र सोमबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि नेपाली बजारमा सुनको भाउ तोलामा ५३ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । अघिल्लो दिन पनि सोही भाउमा सुनको कारोवार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ७ सय ४० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । गतसाता निरन्तर घटेको सुनको भाउ यो साता भने स्थिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप