‘कांग्रेसले देशमा लुट मात्र मच्चायो, बुढेसकालमा साथ दिने एमाले मात्र हो’
काठमाडौ, बैशाख २५ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आम निर्वाचनपछि आफ्नो पार्टीले बहुमत ल्याएर सरकार बनाउने दावी गरेका छन् । अध्यक्ष ओलीले बहुमतको सरकार बनाएपछि एमालेले राष्ट्र निर्माण कसरी गर्ने भन्ने कुराको नमूना प्रर्दशन गर्ने पनि बताए ।
सोमबार पार्टीको तर्फबाट काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार विद्या सुन्दर शाक्यले तयार पारेको चुनावी घोषणापत्रलाई लगनटोलमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गर्दै अध्यक्ष ओलीले एमालेले मात्रै मुलुकलाई निर्माण गर्ने भएकाले जनताले स्थानीय तहको निर्वाचनमा पनि साथ दिने दावी गरे ।
अध्यक्ष ओलीले भने ‘काँग्रेसका वृद्धबृद्धाहरुले पनि एमालेमा भोट हाल्नुहुन्छ भन्ने मलाई विश्वास छ । बुढेसकालमा वृद्धवृद्धाहरुलाई साथ दिने पार्टी एमाले मात्रै भएकाले पनि एमालेप्रतिको विश्वाश बढेको छ । ’ काँग्रेसलाई काम नलाग्ने पार्टीको संज्ञा दिदै ओ्लीले काँग्रेसले सरकार चलाउँदा देशमा लुट मात्रै मच्याएको आरोप लगाए । भने ‘ काँग्रेसले छाला जुत्ता कारखाना, भृकुटी कागज जस्ता स्वदेशी उद्योग धन्दा बचेर खायो ।’
अध्यक्ष ओलीले तुफानी बेगका साथ निर्वाचन अभियानमा जुटन पार्टीका नेता कार्यकर्ता पनि निर्देशन दिए । उम्मेदवारीका विषयलाई लिएर असन्तुष्टि व्यक्त नगर्न पार्टीका कार्यकर्तालाई सचेत गराउदै ओलीले कम खाएर, कम आराम गरेर भएपनि स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन लागि पर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा एमालेका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार विद्या सुन्दर शाक्यले काठमाडौं महानगरपालिकालाई समृद्ध र सुन्दर सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण