शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रक्रिया नै पूरा नगरी श्री एयरलाइन्सले पाइलटलाई तालिममा पठाएको खुलासा

सोमबार, २५ वैशाख २०७४, १२ : १९
सोमबार, २५ वैशाख २०७४

काठमाडौं, बैशाख २५– श्री एयरलाइन्सले प्रक्रिया नै पूरा नगरी पाइलटलाई तालिमका लागि विदेश पठाएको खुलासा भएको छ । एयरलाइन्सले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसी) प्राप्त गर्नका लागि विभिन्न पाँच फेजको प्रक्रिया पूरा गर्नुपर्ने भएपनि ती प्रक्रिया नै पूरा नगरी जर्मन लुफ्थान्सा एभिएसन ट्रेनिङ जर्मनीमा १५ पाइलटलाई तालिममा पठाएको हो । जवकी डकुमेन्ट इभ्यालुसन फेज नसकिँदै क्रु ट्रेनिङ गर्न नमिल्ने नियम छ ।

१९ वर्षदेखि एमआई रसियन हेलिकप्टरमार्फत आन्तरिक तथा अन्तराष्ट्रिय चार्टर सेवा सञ्चालन गर्दै आएको एयरलाइन्सले आन्तरिक उडानतर्फ उडान सेवा सञ्चालन गर्न पर्यटनमन्त्रालयबाट सीआरजे–२०० र सीआरजे७०० को अनुमति प्राप्त गरी सन् १०१६ को सेप्टेम्बरमा फ्लाइट अपरेटर स्ट्यान्डर्ड डिर्पामेन्टमा ओएसीको लागि निवेदन दिएको थियो । एयरलाइन्स विज्ञहरुका अनुसार ओएसी प्राप्त गर्नका लागि एओसीआर÷एओसीआई म्यानुअलको विभिन्न पाँच प्रक्रियाहरु पर एप्लिकेसन फेज, फर्मल एप्लिकेसन फेज, डकुमेन्ट इभ्यासुएयन फेज, डेमोन्सट्रेसन फेज र सर्टिफिकेसन फेज पूरा गर्नुपर्ने हुन्छ । तर एयरलाइन्सले तत्कालिन पर्यटनमन्त्री र महानिर्देशकलाई प्रभावमा पारेर फेज, प्रि एप्लिकेसन, फर्मल एप्लिकेसन सकिएलगत्तै सीआरजे२०० नेपाल झिकाउन सफल भएको थियो । सोलगत्तै उसले क्रु ट्रेनिङमन लागि जर्मन लुफ्थान्सा एभिएसन ट्रेनिङ जर्मनीमा १५ पाइलटलाई पठाएको हो । जवकी डकुमेन्ट इभ्यालुएसन फेज नसकिँदै क्रु गर्न नमिल्ने नियम छ । यसो त १५ पाइलटलाई सो तालिम गराउनको लागि जर्मनीस्थित सिमुलाटोर सीएएएनबाट समेत अनुमति लिनु पर्नेमा सो समेत नगराइएको पाइएको छ । ती पाइलटहरु अहिले तालिम सक्याएर स्वदेश फर्किसकेको बताइएको छ । एयरलाइन्सले गरेको मनपरी खुलासा भएसँगै नेपाल नागरिक उड्ययन प्राधिकरणले २०७३ फागुन ११ गते तालिममा पठाइएका पाइलटबारे जानकारी माग गरेपनि जवाफ पठाउन अटेरी गरेको पाइएको छ ।

प्राधिकरणको चलानी नम्बर १०९५ को पत्रमा भनिएको छ, ‘त्यस एयरलाइन्सले सीआरजे २०० वायुयानको लागि लुफथान्सा एभिएसन ट्रेनिङ, जर्मनी जीएमबीएच, जर्मनीमा त्यस एयरलाइन्सका कुन–कुन पाइलटलाई उक्त तालिममा पठाउन लागिएको हो सो को विवरण उपलब्ध गराउनु हुन आदेशानुसार अनुरोध गर्दछु ।’ प्राधिकरको फ्लाइट सेफ्टी स्ट्याण्डर्स विभागका प्रशासन शाखा अधिकृत बाबुकाजी बालाको हस्ताक्षर रहेको उक्त पत्रको जवाफ लामो समयसम्म पनि एयरलाइन्सले नपठाएपछि पुनः चैत २५ गते तीन दिनको अल्टिमेटम दिएर पत्र पठाएको थियो । एयरलाइन्सले सीआरजे–२०० का दुई ओटा सीआरजे –७०० का एक ओटा गरी ३ ओटा जेट विमान सञ्चालन गर्न लागेको भएपनि वायुवान सञ्चालन गर्न आवश्यक पूर्वाधार नै तयार नगरी हेलिकप्टर नै सञ्चालन गरेको पूर्वाधार देखाई गैरकानुनी एओसीको आधारमा प्राधिकरणबाट स्वीकृति प्राप्त नगरी खरिदको लागि विदेशी मुद्रा पठाएको समेत खुल्न आएको छ ।

रातोपाटीलाई प्राप्त तथ्यअनुसार युरोपियन युनियनले कालोसूचिमा राखिरहेको अवस्थामा सीआरजे वायुयान सञ्चालन गर्न प्राधिकरणका कर्मचारीलाई समेत प्रलोभन देखाएर एयरलाइन्सले एओसी लिन सफल भएको देखिएको छ । कुनै पनि व्यवसाय सञ्चालन गर्दा राज्यले तय गरेको नियम र मापदण्डहरुको अनिवार्य पालना गर्नुपर्ने भएपनि एयसरलाइन्सले कुनै ऐननियमको पालना नगरेको देखिन्छ । बरु एकपछि अर्को गर्दै अवैध काममा संलग्न रहेको पाइएको छ ।

विदेशमा हेलिकप्टर भाडामा लगाएर एयरलाइन्सले एक करोड बढी डलर आम्दानी गरेपनि सो रकम नियमअनुसार स्वदेश नल्याई बाहिरनै राखेको रातोपाटीले यसअघि नै खुलासा गरिसकेको छ ।

श्री एयरलाइन्सद्वारा करोडौं डलर अपचलन

श्री एयरलाइन्सको हेलिकप्टर सञ्चालन स्वीकृतिमै गोलमाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप