बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु
काठमाडौँ, २५ वैशाख । बौद्धनाथ क्षेत्र विकास समितिले २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज बौद्धबाट मनकामनासम्म शान्ति दौड सुरु गरेको छ ।
बुद्ध जयन्तीको प्रवद्र्धन तथा बुद्धको शान्ति र अहिंसाको सन्देश फैलाउनका लागि काठमाडौँको बौद्धबाट गोर्खाको मनकामनासम्म सो दौड गरिएको समितिले जनाएको छ ।
दौडमा राष्ट्रियधावक रत्न तुलाधारका साथै जयराम लामा, दामोदर बुढा मगर, शेरबहादुर थारू, महेन्द्र गुवाजु, दिनेश महर्जन, तेन्जङ शेर्पा, नारायण नापित र दीपक शाक्य सहभागी हुनुहुन्छ । सो समूह आज गल्छी, मङ्गलबार मुग्लिन र बुधबार आबुँखैरेनी हुँदै मनोकामना पुग्नेछ ।
यहाँ आज आयोजित बिदाइ कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासासी ओगावाले बुद्धले मानव कल्याणका लागि विश्वमा शान्ति र नैतिकताको शिक्षा उपलब्ध गराएको बताउँदै सोही उपदेश फैलाउन गरिएको दौडको सफलताको कामना गर्नुभयो । उहाँले नेपाल र जापनाबीचको सदियाँै पुरानो सम्बन्धको स्मरण गर्दै एक सय वर्षअगाडि जापानी नागरिक इकाई कावागुची बौद्धमा आएको प्रसङ्ग सुनाए ।
समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले सहभागीलाई राष्ट्रिय झन्डा र बौद्व झन्डा प्रदान गर्दै बुद्धले विश्वका मानवका लागि दिएको शान्ति तथा अहिंसाको सन्देशलाई विभिन्न गतिविधि गरी प्रवद्र्धन गर्नका लागि समिति क्रियाशील रहेको बताए ।
सहभागीले दौडका क्रममा विभिन्न दातृ सङ्घ संस्थाले उपलब्ध गराएको आर्थिक सहयोग मनकामना मन्दिर जीर्णोद्धारका लागि हस्तान्तरण गरिनेछ । विश्व सम्पदामा सूचीकृत उक्त सम्पदा स्थलमा बुद्ध जयन्तीका दिन पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ । यही वैशाख २७ गते बुद्धजयन्ती परेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण