शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

फ्रान्सका नयाँ राष्ट्रपति म्याक्रोनले २४ वर्ष जेठी शिक्षिकासँग गरेका थिए विवाह

सोमबार, २५ वैशाख २०७४, १३ : ४२
सोमबार, २५ वैशाख २०७४

एजेन्सी

बैशाख २५ – इम्यानुयल म्याक्रोन फ्रान्सका नयाँ राष्ट्रपति चुनिएका छन् । आइतबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोनले आफ्नी प्रतिद्वन्द्वी र धुर दक्षिणपन्थी रुझान भएकी मरिन ली पेनलाई नराम्रोसँग हराएका छन् । आज हामी तपाईंलाई को हुन् म्याक्रोन र उनले कोसँग विवाह गरे भन्ने बारे जानकारी दिँदैछौं ।

म्याक्रोनको जन्म सन् १९७७ डिसेम्बर २१ तारिखमा फ्रान्सको एमियेन्जमा भएको थियो ।

स्कूलमा पढ्दादेखि नै म्याक्रोन आफ्नी शिक्षिका ब्रिजिट ट्रोग्न्यूक्सलाई प्रेम गर्न थालेका थिए र उनलाई प्रेम प्रस्ताव पनि राखेका थिए । त्यतिबेला उनको उमेर १५ वर्षको थियो र उनकी शिक्षिका उनीभन्दा २५ वर्ष जेठी थिइन् ।

ब्रिजिट विवाहित हुनुका साथै तीन सन्तानकी आमा पनि थिइन् ।

ब्रिजिटको विवाह सन् १९७४ मा बैंकर आन्द्रे लुइससँग भएको थियो ।

म्याक्रोनका आमा–बुवाले ब्रिजिटलाई म्याक्रोन १८ वर्षको नहुञ्जेलसम्म टाढा रहनका लागि आग्रह गरे ।

म्याक्रोन ब्रिजिटबाट टाढा हुन् भन्ने उद्देश्यले उनका आमा–बुवाले पढाईका लागि उनलाई पेरिसभन्दा बाहिर पठाइदिए ।

म्याक्रोन दर्शनशास्त्रका विद्यार्थी थिए र सन् २००४ मा ग्रेजुएट भएपछि उनी इन्भेस्मेन्ट बैंकर बने ।

ब्रिजिट पनि म्याक्रोनसँगको प्रेममा परिसकेकी थिइन् । त्यसपछि सन् २००६ मा ब्रिजिटले आफ्ना श्रीमान् आन्द्रेलाई सम्बन्धविच्छेद दिइन् र सन् २००७ मा ब्रिजिट र म्याक्रोनले विवाह गरे ।

सन् २००६ देखि २००९ सम्म उनी सोसलिष्ट पार्टीका सदस्य रहे ।

सन् २०१२ मा पहिलो पटक जब फ्रान्स्वा ओलान्दको सरकार बन्यो तब म्याक्रोनलाई डेप्युटी सेक्रेटरी जनरल चुनियो । सन् २०१४ मा म्याक्रोनले वित्तमन्त्रीको जिम्मा सम्हाले ।

अगस्ट सन् २०१६ मा सरकारलाई राजीनामा दिएर राष्ट्रपति पदका लागि आफ्नो दाबेदारी प्रस्तुत गरे ।

सन् २०१७ मा राष्ट्रपति चुनावमा उत्रिएका म्याक्रोनलाई फ्रान्सले आफ्नो नयाँ राष्ट्रपति चुने ।

आइतबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोनले आफ्नी प्रतिद्वन्द्वी र धुर दक्षिणपन्त्री रुझान भएकी मरिन लि पेनलाई पछारे ।

म्याक्रोनले ६५.८ प्रतिशत भोट पाए भने ली पेनले ३२.२ प्रतिशत भोट पाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप