शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बैशाख ३१ गते चुनाव हुने २८३ स्थानीय तहमा कति उम्मेद्वार ?

सोमबार, २५ वैशाख २०७४, १३ : ४०
सोमबार, २५ वैशाख २०७४

काठमाडौं, बैशाख २५ – बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर ३,४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा जम्मा ४९ हजार ३३७ उम्मेद्वार रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि उम्मेद्वारको संख्या ४९ हजार ३३७ कायम भएको जानकारी गराए ।

जस अनुसार पुरुषको सङ्ख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३३२ कायम भएको छ । प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेका छन् ।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष ९१.६५ प्रतिशत (१७२३) र महिला ८.३५ प्रतिशत (१५७), नगरउपप्रमुख तथा उपाध्यक्षमा पुरुष १८.५७ प्रतिशत (२५७), महिला ८१.४३ प्रतिशत (११२७) वडाध्यक्षमा पुरुष ९५.८३ प्रतिशत (१०२९६) महिला ४.१७ प्रतिशत (४४८) जना रहेका छन् । यसैगरी, वडा सदस्य २ जनाका लागि पुरुष ९४.७१ प्रतिशत (१७७२९) महिला ५.२९ प्रतिशत (९५१), महिला वडा सदस्य ९०८३, दलित महिला वडा सदस्यमा ७५२६ जनाको उम्मेदवारी कायम रहेको शर्माले बताए ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष मध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप