शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नवलपरासीमा म्यादी प्रहरीको मृत्यु

सोमबार, २५ वैशाख २०७४, १४ : २६
सोमबार, २५ वैशाख २०७४

नवलपरासी, २५ वैशाख । नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिप्रका, नवलपरासीले जनाएको छ ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप