शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सिरहामा १४ थान हतियार प्रशासनमा बुझाइयो

सोमबार, २५ वैशाख २०७४, ११ : २८
सोमबार, २५ वैशाख २०७४

लहान, २५ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, सिरहाले इजाजत प्राप्त हतियार बुझाउन आह्वान गरेअनुसार सिरहामा हालसम्म १४ थानमात्र हतियार बुझाएको छ ।

सिरहा जिल्लामा ३३२ थान विभिन्नखालका इजाजत प्राप्त हतियार रहे पनि हालसम्म १४ थानमात्र हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ ।

बारबोर एकनाले, बारबोर दुईनाले, बाइसबोर राइफल एकनाले, बारबोर पेस्तोल, एयरगनसहित विभिन्न प्रकारका इजाजत प्राप्त हतियार रहे पनि हालसम्म १४ थानमात्र हतियार बुझाएको सिरहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

स्थानीय निकायको निर्वाचनमा हतियारको गलत प्रयोग हुनसक्ने आशङ्कामा जिल्ला प्रशासन कार्यालय, सिरहाले चैत १० गतेदेखि वैशाख १५ गतेसम्म हतियार बुझाउन समयसीमा निर्धारण गरेको थियो । सिरहामा दोस्रो चरण अर्थात जेठ ३१ गते स्थानीय तहको निर्वाचन हुने भएकाले इजाजत प्राप्त हतियार बुझाउने समय अझै रहेकाले समयमै हतियार बुझाउने प्रजिअ श्रेष्ठले आग्रह गरे ।

निर्धारित समयमा हतियार नबुझाए प्रहरी परिचालन गरेरै भए पनि हतियार सङ्कलन गर्ने र सो क्रममा हतियार बरामद भएकामाथि कारबाहीसमेत गरिने प्रजिअ श्रेष्ठले बताए ।

स्थानीय निकायको निर्वाचनमा इजाजत प्राप्त हतियार पनि चुनौती बन्न सक्ने सुरक्षा निकायले आशङ्का गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप