चीर हरणको क्रममा साँच्चै नै रोएकी थिइन् ‘द्रौपदी’, यसरी भएको थियो सुटिङ
एजेन्सी
बैशाख २५ – निर्देशक एस.एस राजामौलीको फिल्म ‘बाहुबली टु’ का थुप्रै मुश्किल दृश्यका लागि विशेष इफेक्टको सहारा लिइएको छ । एक समय थियो जब निर्देशक रवि चोपडा पनि यस्तै भव्य सिरियल ‘महाभारत’ (सन् १९८८–९०) को विषयमा चर्चामा रहेका थिए । द्रौपदीको चीर हरण उक्त श्रृङ्खलाको सबैभन्दा चर्चित दृश्यमध्येको एक थियो । तर यसलाई छायांकन गर्न सजिलो भने छैन ।
– महाभारतको मेकिङ भिडियोमा रविले चीर हरण भएको दृश्य बारे विस्तृत रुपमा बताए ।
– उनका अनुसार जब यो दृश्यको सुटिङ चलिरहेको थियो नायिका रुपा गांगुली बोल्दा बोल्दै रोएकी थिइन् । करिब आधा घण्टा रुपालाई चुप बनाउन लागेको थियो ।
– मेकिङ भिडियोमा हेर्न सकिन्छ कि रुपा डायलग बोल्दा बोल्दै रुन थालिन् र रोकिएर अंग्रेजीमा भन्छिन्, ‘कसले ‘कट’ भनिरहेको छ ?’
सुटिङका लागि विशेष बनाइएको थियो २ सय ५० मिटरको साडीः
– दृश्यमा जब द्रौपदी लाज बचाउनका लागि भगवान् कृष्णलाई पुकार्छिन्, उनको साडीको लम्बाई बढ्छ ।
रविलाई मान्ने हो भने यसका लागि उनले करिब २ सय ५० मिटरको साडी बनाएका थिए ।
जुन साडी देखाइएको छ, त्यो रुपाले लगाएकी नै थिइनन्ः
रविलाई मान्ने हो भने चीर हरणको दृश्यलाई स्पेशल इफेक्टको मद्दतले पूरा गरिएको थियो ।
मेकिङ भिडियोमा उनी भनिरहेका छन्, ‘स्पेशल इफेक्टमा हामीले एक क्यामरामा साडी राख्यौं र एउटामा पात्रलाई । दुबैलाई यसरी सुपरइम्पोज गरियो कि जब दुःशासनले साडी तानिरहेका थिए तब साडी कहिले पनि नसिद्धिएको जस्तो देखिएको थियो । वास्तवमा, त्यो एउटै साडी थिएन । स्पेशल इफेक्टका कारण यस्तो लागिहेको थियो । जुन साडी तानिँदै थियो त्यो करिब २ सय ५० मिटर लामो थियो । जबकी द्रौपदीले जुन साडी लगाएकी थिइन् त्यो ६ मिटरको साडी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण