प्राधिकरणले किन्ने विद्युतको मुल्य प्रतियुनिट १२ रुपैयाँ ४० पैसा
सोमबार, २५ वैशाख २०७४, १६ : ३८
काठमाडौ, बैशाख २५– सरकारले सुख्खा याममा विद्युत उपलब्ध गराउने विद्युत प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा रकम तिर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले मंसिर १६ गतेदेखि जेठ १५ गतेसम्मको सुख्खा समयमा विद्युत उपलब्ध गराइए प्रतियुनिट विद्युत खरिद दर १२ रुपैयाँ ४० पैसा निर्धारण गरिदिएको हो । माग बढेका बेला विद्युत उपलब्ध गराउने स्वदेशी वा विदेशी कम्पनीबाट उच्च दरमा विद्युत खरिद गर्ने नीति लिइएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
सुख्खा याममा हुने विद्युत अभावलाई पूर्ति गर्न समेत विद्युत खरिद दरमा वृद्धि गर्ने योजना बनाइएको प्राधिकरणले जनाएको छ । यसअघि प्राधिकरणले सुख्खा याममा प्रतियुनिट ८ रुपैयाँ ५० पैसा प्रतियुनिट विद्युत खरिद दर निर्धारण गरेको थियो ।
प्राधिकरणले अर्ध जलाशाययुक्त आयोजनाको हकमा भने प्रतियुनिट ८ रुपैयाँ ५० पैसा निर्धारण गरेको छ । त्यसैगरी सय मेघावाट भन्दा माथिको जलविद्युत आयोजनाको विद्युत खरिद अमेरिकी डलरमा गर्ने पनि स्पष्ट पारिएको छ ।
प्राधिकरणले विद्युत खरिद दरको कारणले नोक्सानी भए सो बापतको रकम शोधभर्ना पाउन उर्जा मन्त्रालयमार्फत नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण