रातोपाटी समाचार प्रभाव : वर्खास्त गरिएकी शिक्षिकाले न्याय पाईन्
प्रेम सुनार गुल्मी, बैशाख–२५– सरकारले दिने पुरै तलव पाउन माग गर्दै जिल्ला शिक्षा कार्यालयमा उजुरी दिनसाथ विद्यालयले जागिर खोसेकी गुल्मीकी एक शिक्षिकाको समाचार रातोपाटी अनलाईनमा प्रकाशित भएको हप्ता दिन नवित्दै उनले न्याय पाएकी छन् । नियम विपरित वर्खास्त गरिएको उनको जागिर सरोकारवालाबीचको छलफलपछि बचेको छ । घट्नाको बास्तविकता ईस्मा गाउँपालिका अन्तरगत साविकको अमरपुर–७ मा रहेको गोविन्द रत्न लोकतान्त्रिक निम्न माध्यामिक विद्यालयकी शिक्षिका विमला भुसालको तलवको आधा भन्दा बढि रकम विद्यालयले राखेपछि पुरै तलव पाउँ भनेर उजुरी दिँदा जागिरबाटै बर्खास्त हुनुपरेको खवर रातोपाटीले प्रकाशित गरेको थियो । २०७१ मंसिर १८ गते प्रावि तह करार सेवामा नियुक्ति पाएकी शिक्षिका भुसालको सरकारी तलवस्केल एक हजार भत्तासहित मासिक १८ हजार थियो । २०७३ सालमा आएर मासिक २३ हजार भयो । तर, बिद्यालयले शिक्षिका भुसाललाई प्रत्येक महिना पुरै तलव बुझेको भर्पाईमा हस्ताक्षर गराउदै ८ हजार मात्रै दिएर बाँकी विद्यालयले राख्दै आएको थियो । दुई वर्ष सम्म प्रत्येक महिना १० हजार ७ सय ३० रुपयाँका दरले २ लाख भन्दा बढि रकम विद्यालयलाई सहयोगका नाममा दिँदा पनि उसले सधैका लागि मासिक ८ हजार भन्दा बढि दिन अस्वीकार गरेको थियो । पुरै तलवका लागि उजुरी पुरै तलव दिन आग्रह गर्दा पनि सुनुवाई नभएपछि शिक्षिका भुसालले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएकी थिइन् । त्यसलगत्तै विद्यालय व्यवस्थापन समितिले गत कार्तिक २८ गते उनलाई वर्खास्त गरेको थियो । उजुरीपछि जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले शिक्षिकालाई गरिएको वर्खास्तको निर्णय नसच्चाए विद्यालय व्यवस्थापन समिति र प्रधानध्यापकलाई निलम्वन गर्ने सम्मको चेतावानी दिएका थिए । चेतावनीले काम गर्यो शिक्षा कार्यलयको चेतावानी लगत्तै आईतवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपल केसी, प्रधानध्यापक तिलबहादुर केसी लगायतको टोली जिल्ला शिक्षा कार्यालय पुगेर शिक्षिका भुसाललाई गरिएको वर्खास्त सच्चाउन सहमत भएका थिए । जिल्ला शिक्षा अधिकारी खनालका अनुसार लामो छलफलपछि मात्र विद्यालयले गरेको वर्खास्ती सच्चाउन तयार भएको थियो । जागिर बचेलगत्तै त्यस विद्यालयबाट सरुवा गराई शिक्षिका भुसाललाई हिजोकै मितिबाट जिल्ला शिक्षा कार्यालयको अगुवा श्रोत केन्द्रकमा हाजिर गराईएको छ । निर्वाचनको अवधीभर सरुवा गर्न नमिल्ने भएकोले निर्वाचन नसकिएसम्म अगुवा श्रोत केन्द्रमा हाजिर गराईएको जिल्ला शिक्षा अधिकारी खनालले बताए । रातोपाटीलाई बिशेष धन्यवाद घटनालाई उठान गरेर शिक्षिका भुसाललाई न्याय दिलाउन सघाउ पुराएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्य समतिका जिल्ला सदस्य तथा अमरपुर गाउँ सभापति रेशम कुँवरले रातोपाटी अनलाईनलाई विशेष धन्यबाद दिए । जिल्ला शिक्षा अधिकारी खनालले पनि रातोपाटी अनलाईनले यो विषय उठान गरेर अन्यायमा परेकी शिक्षिका भुसाललाई न्याय दिलाउन सहयोग गरेको भन्दै धन्यबाद दिए । त्यस्तै न्यायपाएपछि हषर््िात मुद्रामा रहेकी शिक्षिका भुसालले मिडियाले लगाएको गुन कहिल्यै तिर्न नसक्ने प्रतिकृया दिईन । उनि २०६५ सालमा त्यस विद्यालयमा मासिक १५ सय तलवमा पढाउन थालेकी थिईन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण