राष्ट्रसंघीय सडक सुरक्षा सप्ताहमा यामाहाको ऐक्यबद्धता
सोमबार, २५ वैशाख २०७४, १८ : ४९
काठमाडौं, बैशाख २५ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले चौथो राष्ट्रसंघीय विश्वव्यापी सडक सुरक्षा सप्ताह २०१७ प्रति एक्येबद्धता प्रकट गर्दै आयोजनामा सहयोग गरेको छ ।
चालक र पैदल यात्रुको सुरक्षाबारे सचेतना फैलाउन विश्वव्यापी रुपमा मनाइने सडक सुरक्षा सप्ताह नेपालमा सोमबारदेखि आउँदो ३१ बैशाखसम्म चल्नेछ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लुले नेपाल ट्राफिक प्रहरी, सडक सुरक्षा समाज नेपाल, सडक विभाग, काठमाडौं महानगरपालिका, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले संयुक्त आयोजना गरेको सप्ताहलाई साथ दिएको हो ।
सप्ताहको पहिलो दिन सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रभातफेरि आयोजना गरियो जसमा यातायात मन्त्रालयका सचिव धन बहादुर तामाङ, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, राष्ट्रसंघीय विकास परियोजनाका कन्ट्रि डिरेक्टर रेनड मेयर लगायत सडक विभाग, काठमाडौं महानगरपालिका, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, रोटरी क्लब, सडक सुरक्षा समाज नेपाल र एमएडब्लु इन्टरप्राइजेजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
‘सेभ लाइभ्स, स्लो डाउन’ नारा रहेको सप्ताहले यो वर्ष चालकहरुले आफ्नो सवारीसाधनको गति कम गर्न अपिल गर्नेछ ।
आधिकारिक तथ्यांकअनुसार नेपालमा हरेक दिन सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुने गरेको छ र दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको छ । यो तथ्यलाई गम्भीरताका साथ लिएर यामाहाले सडक सुरक्षा सप्ताहलाई साथ दिएको हो ।
सप्ताहभरि हरेक दिन काठमाडौंका मुख्य १५ वटा चोकमा स्वयंसेवीले सुरक्षासँग सम्बन्धित सन्देश लेखिएका ब्यानर प्रदर्शन गर्नुका सार्थ स्टिकर वितरण गर्नेछन् । त्यसैगरी, दुर्घटना घटाउने उपायबारे दोस्रो दिन रेडियो टक प्रोग्राम र टेलिभिजन टक प्रयोग गरिनेछ भने बुधबार साँझ माइतीघर मण्डलामा दुर्घटनामा मारिएकाप्रति श्रद्धाञ्जली अपर्ण गरिनेछ ।
साथै, आउँदो बिहीबारबाट विद्यालय, बैंक, अस्पताल र सपिङ मलहरुमा सडक सुरक्षासम्बन्धी अडियोभिजुअल प्रदर्शन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण