धम्क्याएर होइन, मन जितेर मत लिनुसः प्रमुख निर्वाचन आयुक्त डा यादव
सोमबार, २५ वैशाख २०७४, १९ : ५७
धादिङ, वैशाख २५ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आसन्न स्थानीय तहको निर्वाचनमा मतदातलाई धम्क्याएर होइन, मन जितेर मत प्राप्त गर्न सकिने बताएका छन् ।
जिल्लाको निर्वाचन तयारी तथा शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिन आज धादिङबेँसी आइपुगेका प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचन आयोगद्वारा आयोजित सरोकारवालसँगको अन्तक्र्रियामा मतदाताको मन जितेर मत प्राप्त गर्न राजनीतिक दल तथा उम्मेदवारसँग आग्रह गरे ।
उनले यो निर्वाचन विगतको जस्तो स्थानीय निकायको नभई स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन स्थानीय सरकार गठन गर्ने भएकाले उत्साहित भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गर्दै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन सबैको सहयोगको अपेक्षा निर्वाचन आयोगले गरेको छ भने ।
मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश भरत लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद गुरुप्रसाद बुर्लाकोटीले निष्पक्ष निर्वाचनका लागि मतदान अधिकृतलगायत सरोकारवाला निकाय पनि निष्पक्ष हुन आवश्यक रहेको बताए ।
धादिङका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले निर्वाचनको तयारी र शान्तिसुरक्षाको अवस्था तथा निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीले निर्वाचन प्रक्रिया र आचारसंहिता बिषयमा प्रकाश पारे। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण